केयुकेएल विघटनको संघारमा ! खानेपानी सेवा दिने निर्णय गर्न नसक्नेलाई हटाउँदा अर्को भाडँभैलो

  २०७४ साउन ७ गते ९:१८     विकासन्युज

काठमाडौं । खानेपानी मन्त्रालयका सचिव भिम उपाध्यायले काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) विघटनको संघारमा पुगेको बताएका छन् । उनले काठमाडौं उपत्यका वासिलाई खानेपानीको सेवा दिने निकायले जिम्मेवार ढंगले काम गर्न नसकेको र जिम्मेवार बनाउँन प्रयास गर्दापनि खुलेरै सरकार तथा केयुकेएलको तालुक नियका खानेपानी मन्त्रालयलाई वेवास्था गरेको बताएका छन् ।

उनका अनुसार तालुक निकायले बोलाउने बैठकमा केयुकेएलका सदस्य उपस्थित नहुने उपस्थित भएर पनि माइन्युटमा हस्ताक्षर नगर्ने र उल्टै सरकारी प्रयासको सार्वजनिक रुपमै विरोध गर्दै हिड्न थालेको भन्दै उनले महानगरबासिको खानेपानी अधिकार पूरा गर्न केयुकेएल बिघटन गरेर अन्यत्रैबाट सेवा दिन सकिने स्पष्ट पारेका छन् ।

काठमाडौँ उपत्यका खानेपानी लिमिटेडलाई सशक्त र प्रभाविकारी बनाउन प्रधानमन्त्री शेरवहादुर देउावाले शुक्रबार खानेपानी तथा सरसफाइ मन्त्रालयबाट सचिव र सहसचिवले प्रतिनिधित्व गर्ने व्यवस्था गरेका छन् ।

लिमिटेड सञ्चालक समितिमा सचिव र सहसचिव पठाउने निर्णय गरेका हुन्। यसअघि समितिमा मन्त्रालयका तर्फबाट सहसचिव र उपसचिवको प्रतिनिधित्व हुने व्यवस्था थियो ।

मन्त्रालयका तर्फबाट अब सचिव भीमप्रसाद उपाध्याय र खानेपानी तथा ढल निकास विभागका महानिर्देशक तेजराज भट्टले प्रतिनिधित्व गर्नेछन्।

निर्णय क्षमता बढाउन र अहिलेको उपत्यको प्रभावकारी तथा तीब्र जनप्रतिक्षाको योवना खानेपानी रहेकोले यसलाई पूरा गराउन देउवाले केयुकेलयका सञ्चालक समितिमा दुई जना नयाँ सदस्य पठाएका हुन ।

खानेपानी मन्त्रालयका सचिव र विभागका महानिर्देशकलाइ सरकारले केयूकेएलको संचालक नियुक्त गरेपछि यसअघि मन्त्रालयको प्रतिनिधिको अनुपस्थितिमै केयूकेएलेको बोर्ड बैठक शुक्रबार भएको पनि उपाध्यायले बताएका छन् । उनले सावजिक सञ्जालमार्फत नै बैठक र यसमा अनुस्थित सदस्यको आलोचना र केयूकेएलको भविष्यको चिन्ता गरेका छन् ।

मन्त्रालयका दुइ जनासंचालकसहित ७ जना संचालक उपस्थित भइ बैठक संचालन सम्पन्न शुक्रबार भएको तरसंचालकहरुको उपस्थिति पुस्तिकामा एशियाली विकास बैंक सिफारिसमा स्वतन्त्र संचालक कमल पाण्डे (सरकारी नियुक्ति) नै उपस्थिति जनाउन इन्कार गरेको गरेको उनको भनाइ छ । आफै अग्रसर भएर बैठक बोलाउन मरिहत्ते गर्ने निजी क्षेत्र अन्तर्गगत नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले पनि बैंठकमा उपस्थित भएर माइन्युटमा हस्ताक्षर गर्न इन्कार गरेको उल्लेख छ ।

उपाध्यायले सार्वजनिक रुपमा समाजिक सञ्जालमार्फ नै भनेका छन् ‘काठमांडौ महानगरपालिकाका कार्यकारी प्रमूख इश्वर पौंडेल र ललितपुर महानगरपालिकाका कार्यकारी प्रमूख पटक पटक अनुरोध गर्दा पनि कुनै पूर्वसूचनाविना उपस्थित भएनन् । जनतालाइ पानी जस्तो आधारभूत बस्तु उपलब्ध गराउने संस्थाका संचालकहरु यति गैरजिम्मेवार हुनुले केयुकेएल मृत भैसकेको स्पष्ट सन्देश दिएको छ ।
मन्त्रालयमा केयुकेएललाइ प्रभावकारी बनाउन दुइपटक बोलाइएको समन्वय बैठकमा पनि राजेश काजी र काठमांडौैका कार्यकारी उपस्थित भएनन् । यसरी सरकारको जिम्मामा भएको पानी खुवाउने दायित्वलाइ पूरा गर्न केयुकेएलका कथित निजीक्षेत्र र एशियाली बैंकका प्रतिनिधिहरुनै अर्घेल्याइ गर्नुले सरकारले विकल्प सोच्न बाध्य हुने अवस्थाको सिर्जना हुन गएको छ ।

यसमा अब पनि गंभीर भएनन् भने केयुकेएल विधिवत विघटन सम्म हुने अवस्थातिर हुत्तिएको अवस्था छ । यसले सबैभन्दा नोक्सानी त्यहाँ कार्यरत कर्मचारीले भोग्ने छन् भने जनताले केयुकेएलको गैरजिम्मेवार तथा स्वार्थी तत्वबाट छुट्कारा पाइ पानीबाट राहत पाउने छन् । सरकार कडा रुपमा अघि बढेर काकाकुल जनतालाइ सेवा दिन झन दह्रो ढंगमा अघि बढ्ने छ भन्ने आम जनतामा विश्वास दिलाउन चाहन्छु ।’

उपाध्याले भनेका छन्, सही मान्छेलाई उर्जा दिईरहनुपर्छ । केयुकेएललाई लगाम लगाईएन भने यो राजनीति सुद्धमैदान हुने टड्कारो छ सरकार सचेष्ट छ । लोग्नेस्वास्नी सालासालीलाई जागिरमा राखेर सबै शाखामहाशाखामा नियन्त्रण ट्यांकरसंग साँठगाँठसहितका रोगले जनता पिडित पारिएको छ । यसको समाधान केयुकेएलको मृत्युबाट खोज्न नपरोस् भन्ने चेनावनि पनि उपाध्याले दिए । उनले भनेका छन। यदि यसो भयो भने मेरो बसमा नहुन सक्छ , केयुकेएलको मृत्यु भयो भने अनौठो नमाने हुन्छ, उनले दिएको प्रतिक्रियामा उल्लेख छ ।

सामाजिक सञ्जालमै चल्दैछ जुहारी ?
सचिव उपाध्याको स्टाटसमा प्रतिकृयाँ दिँदै नवलसिंह साउदले भने सरकारले प्रक्रिया मिचेर दुई सदस्य नियुक्त गरेको उल्लेख गरेका छन् । उनले बुँदागत रुपमै भनेका छन्,

१) केयूकेएल संचालनको मुख्य कानुनी दस्तावेज शेयरधनी संझौता, प्रबन्धपत्र र नियमावली हुन् । यी दस्तावेजमा सहसचिव र उपसचिवले मात्रै केयूकेएल बोर्डमा प्रतिनिधित्व गर्ने व्यवस्था छ ।
२) सचिवज्यू कुन ऐन नियमावलीमा टेकेर आउनुभयो ?
३) केयूकेएल कम्पनी ऐन र नियमावली अनुसार गठन, संचालन र नियन्त्रण हुने व्यवस्था छ ।
४) सम्माननीय प्रधानमन्त्रीज्यूको तहबाट निर्णय गरेर ऐन नियमावली संशोधन वा परिवर्तन हुन सक्दैन, । व्यवस्थापिका संसदबाट मात्रै ऐन नियमावली संशोधन हुन्छ । त्यसकारण हजुरको केयूकेएल वोर्डमा आगमन नियम कानुन विपरित छ । नियम विपरीत सहभागी वैठकमा हाजिरी उपस्थिति हुने कुरै भएन ।
५) सचिव ज्यूको उपस्थितिको लागि एजीएम बाट शेयरधनी संझौता, प्रबन्ध पत्र र नियमावली स्वीकृत भएपछि मात्रै हजुरको बोर्डमा आउने ढोका खुल्ला हुन्छ ।
६) केयूकेएल को गठन, संचालन र नियन्त्रण सफा मन मस्तिष्क लिएर ऋषि मनका साथ हुन जरूरी छ । कहिले निजी क्षेत्र , कहिले सरकार (तालुक मन्त्रालय), कहिले स्थानियतहबाट अस्थिर निर्णय गर्न खोज्नु गलत दुखद छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.