नबिल बैंकद्धारा वित्तिय साक्षरता कार्यक्रम सञ्चालन

  २०७४ साउन ५ गते १७:५७     विकासन्युज

काठमाडौं । नबिल बैंकले वित्तिय साक्षरताको बारेमा जानकारी गराउने र आर्थिक समावेशिकरणलाई अभिवृद्धि गर्ने हेतुले राष्ट्र ब्यापी रुपमा वित्तिय साक्षरता अभियान सञ्चालन गरिरहेको छ । बैंकको ३३ औं वार्षिकोत्सवको अवसर पारेर यो अभियानलाई लम्जुङको बेसिशहरबाट आर्थिक साक्षरता सम्बन्धी सचेतना र्याली, सडक नाटक तथा स्थानिय तहमा सफल भएका साना ब्यवसायीहरुका बिचमा अन्तरक्रिया कार्यक्रम जस्ता तिनवटा छुट्टाछुट्टै कार्यक्रमहरु आयोजना गरी शुरू गरिएकाे छ ।

उक्त कार्यक्रमहरु फिनलिट नेपाल सँगको सहकार्यमा गरिएको थियो । बैंकका बेसिशहर शाखाका शाखा प्रवन्धक अमृतराज उप्रेती र फिनलिट नेपालका प्रकाश कोइरालाले यी कार्यक्रमहरुको संयोजन गरेका थिए । विभिन्न सरकारी निकायका कर्मचारीहरु, सुरक्षाकर्मि, समाजसेवी, स्थानिय बासिन्दा तथा विद्यार्थीहरु समेतको सहभागितामा बैकिङ विषयमा सचेतना फैलाउने सन्देश राखिएका प्लेकार्डहरु प्रदर्शन गरी आयोजना गरिएको र्यालीलाई प्रमुख जिल्ला अधिकारी युवराज मैनालीले उद्घाटन गरेका थिए ।

उक्त र्याली मनाङ चौताराबाट सेरा चोक हुँदै नबिल बैंक सम्म पुगेको थियो । त्यसपछी नोट वा सिक्काहरुलाई कसरी सफा राख्ने, बैकिड्ड कारोवार गर्ने बानीको विकास कसरी गर्ने, बैंकमा रकम जम्मा गर्दाका फाइदाहरु के के हुन, अनावश्यक रकम खर्चगर्ने खराब बानीलाई कसरी नियन्त्रण गर्ने, एटिएम कार्डको प्रयोग कसरी गर्ने आदि जस्ता विषयमा सन्देश प्रवाह गर्ने खालको मनोरञ्जनात्मक सडक नाटक कार्यक्रम आयोजना गरिएको थियो ।

त्यस पश्चात नबिल बैंकबाट कर्जा लिएर छोटो समयमा आफ्नो व्यवसायलाई धेरै गुणा विस्तार गर्न सफल भएका एक सफल स्थानिय व्यवसायी मनमोहन अधिकारीले व्यवसाय विस्तारमा बैंकको भूमिका र सहयोगको बारेमा आफ्नो अनुभवलाई सहभागिहरु समक्ष बाँडेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.