सेयर बजारमा हरियाली, नेप्सेले नाघ्योे १६०० अंक

  २०७४ साउन २ गते १५:२९     विकासन्युज

काठमाडौं । नयाँ आर्थिक वर्ष २०७४/७५ शुरु भएको भोलिपल्टको सेयर बजारमा हरियाली छाएको छ । सोमबार नेप्से दोहोरो अंकले बढेर १६०० अंक पार गरेको छ । सो दिन नेप्से परिसूचक २० दशमलब ५८ अंकले बढेर १६०६ अंकमा पुगेको छ ।

दोहोरो अंकले बढेको सेयर बजारमा ६९ करोड ४३ लाख रुपैयाँ बढीको सेयर कारोबार भएको छ । सो दिन सबैभन्दा बढी फर्वाड कम्यूनिटी माइक्रोफाइनान्स वित्तीय संस्थाको ४ करोड रुपैयाँमाथिको सेयर किनबेच भएको छ । सोमबारको बजारमा १५४ कम्पनीको २० लाख १२ हजार कित्ता सेयर किनबेच भएको छ ।

बजारमा सोमबार कारोबार भएका सबै समूहको परिसूचक हरिया भएका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक ९५ अंकले बढेको छ । त्यस्तै, विकास बैंक, उत्पादनमूलक, होटल र बैंकिङ समूहको परिसूचक क्रमशः २९, २७, २६ र २१ अंकले उकालो लागेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.