भरतपुरको पुनः मतदान मुद्धा ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको बेञ्चमा, के आउला फैसला ?

  २०७४ साउन २ गते १२:००     विकासन्युज

काठमाडौं । भरतपुर महानगरपालिका वडा नम्बर १९ मा पुनः मतदान गराउने निर्वाचन आयोगको निर्णय विरुद्ध परेको मुद्धाको सुनुवाई न्यायधिकद्धय ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको बेञ्चमा परेको छ । २ नम्बर इजलासमा परेको सो मुद्धाको आजै फैसला आउने सम्भावना समेत बढेको छ ।

मतगणना अन्तिम अवस्थामा पुगेका बेला जेठ १४ गते राती माओवादी कार्यकर्ताले मतपत्र च्यातेपछि निर्वाचन आयोगले पुनः मतदान गर्ने निर्णय गरेको थियो । आयोगको निर्णय विरुद्ध भरतपुर महानगरपालिका वडा नम्बर १९ मा एमालेका तर्फबाट वडा सदस्यमा उम्मेदवार दिएका गुञ्जमान बिकले सर्वाेच्च अदालतमा मुद्धा दायर गरेका थिए ।

सो मुद्धाको सुनुवाई गर्दै न्यायधिश चोलेन्द्र शमशेर राणाले निर्वाचन सम्बन्धी निर्णय कार्यान्वयन नगर्न आदेश दिएका थिए ।
त्यसपछि पटक पटक पेशी तोकेर पनि मुद्धाको सुनुवाई भएको थिएन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.