अब उच्च पदस्थहरुको बैंक एकाउण्ट उच्च निगरानीमा

  २०७४ असार ३० गते १८:४३     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले उच्च पदस्थहरुको बैंक खातामा उच्च निगरानी गर्ने भएको छ । सम्पति सुद्धिकरणको अन्तराष्ट्रिय मान्यता अनुसार केन्द्रिय बैंकले उच्च पदस्थहरुको बैंक खातामा उच्च निगरानी बढाउन लागेको हो ।

केन्द्रिय बैंकले साउन १ गतेदेखि १० लाख भन्दा ठुलो कारोबार बैंकिङ च्यानलबाट मात्रै गर्न पाउने व्यवस्था कार्यान्वयन गर्दैछ । त्यसपछि बैंकिङ प्रणालीबाट हुने कारोबारहरुको सुक्ष्म निगरानी गर्न पनि बैंक तथा वित्तिय संस्थाहरुलाई केन्द्रिय बैंकले निर्देशन दिएको छ । एकै दिन पटक पटक गरि ५० लाखसम्मको कारोबार गर्नेहरुको विवरण तत्काल केन्द्रिय बैंकमा पठाउन भनेको छ ।

१० लाख भन्दा बढि रकम निक्षेप जम्मा गर्नेहरुको आम्दानीको श्रोत खुलाउन पनि केन्द्रिय बैंकले भनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.