सांग्रिला र कसमस डेभलपमेन्ट बैंकबीच एकिकृत कारोबार शुरु

  २०७४ असार ३० गते १७:५०     विकासन्युज

काठमाडौं । सांग्रिला डेभलमेन्ट बैंकले कसमस डेभलपमेन्ट बैंकलाई एक्वायर (प्राप्ति) पश्चात एकिकृत कारोबार शुरु गरेको छ । बैंकले शुक्रबार एक कार्यक्रम गरी दुई बैंकबीच एकिकृत रुपमा कारोवार संचालन गरेको हो ।
उक्त कार्यक्रमको उद्धघाटन सांग्रिला डेभलपमेन्ट बैंकका अध्यक्ष प्रा.डा.रबीन्द्र प्रसाद श्रेष्ठ तथा कसमस डेभलपमेन्ट बैंकका अध्यक्ष प्रा.डा टेकनाथ ढकालले संयुुक्त रुपमा गरेका हुन् ।

सो बैंक प्राप्ति पश्चात सांग्रिला डेभलमेन्ट बैंकको चुुक्ता पुँजी १ अर्व ३५ करोड ८४ लाख रुपैयाँ पुगेको छ । बैंकको १२ औं बार्षिक साधारण सभाको निर्णय बमोजिम बैंकले चुुक्ता पुँजीको ८० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ । सो मात्राको हकप्रद पश्चात बैंकको चुुक्ता पुँजी २ अर्ब ४४ करोड ५२ लाख रुपैयाँ हुुने बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

साथै, बैंकले चालु आ.ब.२०७३र७४ को बाड्न मिल्ने कोष तथा मुनाफाबाट करिब ३० करोड रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने भएको छ । उक्त बोनस वितरण पश्चात बैंकको चुक्ता पुँजीे २ अर्व ५० करोड रुपैयाँ पुग्ने बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.