एभरेष्ट इन्स्योरेन्सको २० प्रतिशत बोनस र १० लाख रुपैयाँको नगद लाभांश पारित

  २०७४ असार २६ गते १४:४१     विकासन्युज

काठमाडौं । एभरेष्ट इन्स्योरेन्सको गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई २० प्रतिशत(अर्थात २ करोड २ लाख ५० हजार रुपैयाँ) बोनस दिने प्रस्ताव पारित भएको छ । उक्त प्रस्तावलाई इन्स्योरेन्सको एकैदिन बसेको कम्पनीको १८ औँ, १९ औँ, २० औँ, २१ औँ तथा २२ औँ वार्षिक साधारणसभाले पारित गरेको हो ।


साथै, सोही सभाले सो मात्राको बोनस सेयर वापतको कर प्रयोजनको लागि १० लाख ६५ हजार ७८९ रुपैयाँको नगद लाभांश पनि पारित गरेको छ ।

त्यस्तै, उक्त प्रस्तावित बोनस सेयर पश्चात कम्पनीको चुक्ता पूँजी १२ करोड १५ लाख रुपैयाँ पुगेको छ । यस पूँजीको १ बराबर ६ (६०० प्रतिशत)का दरले हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव पनि पारित भएको छ ।

यसैगरी कम्पनीको रिक्त प्रमुख कार्यकारी अधिकृत पदमा कमल गौतम नियुक्त भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.