लक्ष्यभन्दा एक महिनाअघि नै तीनवटा खानेपानी आयोजनाको निर्माण कार्य सम्पन्न

  २०७४ असार १६ गते १४:०७     विकासन्युज

म्याग्दी । म्याग्दीका मङ्गला गाउँपालिकामा तीनवटा खानेपानी आयोजनाको निर्माण कार्य सम्पन्न भएको छ । उपभोक्ताको इच्छाशक्ति, सक्रियता, एकता र सम्बन्धित निकायबाट नियमित अनुगमन तथा प्राविधिक सहयोग प्राप्त भयो भने लक्ष्यअघि नै आयोजना सम्पन्न गर्न सकिन्छ भन्ने उदाहरण यहाँका बासिन्दाले प्रस्तुत गरेका छन् ।

यसरी लक्ष्यभन्दा एक महिनाअघि सम्पन्न भएको उक्त आयोजनामा मङ्गला गाउँपालिका-४ स्थित बाघहान्नेगौडा, ३ स्थित डेगखोला र २ स्थित कोक्रवाङ तोराखेत छन् ।

उक्त तीनवटै आयोजनाबाट १६६ घरपरिवार लाभान्वित भएका छन् । घर घरमै शुद्ध खानेपानी आपूर्ति भएपछि स्थानीय बासिन्दा दङ्ग परेका छन् । पहिले खोल्सा र मुहानबाट प्रशोधन नगरिएको पानी नालाबाट लगेर उनीहरुले उपभोग गर्दै आएका थिए ।

घरमै धारा भएपछि समयको बचत र पानीको मितव्ययी प्रयोग भएको बरञ्जा दहकी नन्दा सापकोटाले बताए । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.