स्थानीय तहले आन्तरिक ऋण उठाउन पाउने

  २०७४ असार १५ गते ७:४३     विकासन्युज

काठमाडौं । केन्द्र सरकारले उठाउँदै आएको आन्तरिक ऋण अब स्थानीय तहले पनि उठाउने पाउने भएका छन् ।

सरकारले कानूनी व्यवस्था गरेरै यो सुविधा दिएको हो ।

स्थानीय तहलाई दिने ससर्त तथा निसर्त अनुदान, स्थानीय तहको आन्तरिक आय र प्राकृतिक स्रोतबापतको रोयल्टीभन्दा थप बजेट आवश्यक परे आन्तरिक ऋण उठाउन पाउने व्यवसथा हुन लागेको हो ।

सरकारले केही समयअघि व्यवस्थापिका संसद्मा पेश गरेको अन्तर सरकारी वित्त व्यवस्थापन सम्वन्धमा बनेको विधेयकको मस्यौदामा स्थानीय तहले पनि आन्तरिक ऋण उठाउन सक्ने व्यवस्था गरेको छ । कान्तिपुर दैनिकबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.