उद्योग बाणिज्य महासंघमा राजनीति छिर्यो, मेयरको चुनाव लडेका उपाध्यक्ष निकालिए

  २०७४ असार ७ गते १२:४०     विकासन्युज

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघको कार्यकारिणी समिति बैठकले उपाध्यक्ष प्रमोद श्रेष्ठलाई पद मुक्त गरेको छ । मंगलबार बसेको कार्यकारिणी समिति बैठकमा महासंघ अध्यक्ष भवानी राणाले उपाध्यक्ष श्रेष्ठलाई पदमुक्त गर्ने पदाधिकारी बैठकको निर्णयलाई पेश गरेकी थिइन् ।

अध्यक्ष राणाले पेश गरेको प्रस्तावलाई महासंघ कार्यकारिणी समिति बैठकले पास गरेको छ । पहिलो चरणको स्थानीय तह निर्वाचनमा म्याग्दीस्थित बेनी नगरपालिकामा एमालेका तर्फबाट मेयर उठेका श्रेष्ठलाई महासंघले पद मुक्त गरेको हो ।

सक्रिय राजनीति गरेको भन्दै महासंघले उनलाई पदमुक्त गरेको जनाएको छ । तर महासंघकै केन्द्रमा विभिन्न दलको राजनीतिक जिम्मेवारीमा रहेकाहरु पनि ठुलो संख्यामा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.