काठमाडौं महानगरपलिकाकाको मेयरमा विद्यासुन्दर शाक्य भारी मत अन्तरले विजयी

  २०७४ जेठ १४ गते ८:५६     विकासन्युज

काठमाडौंं । काठमाडौंमहानगरपालिकाको मेयरमा नेकपा (एमाले) का उम्मेदवार विद्यासुन्दर शाक्य विजयी भएका छन् । उपमेयरमा भने नेपाली कांग्रेसकी हरिप्रभा खड्गी विजयी भएकी छिन् ।

शाक्यले आफ्ना प्रतिष्पर्धी नेपाली कांग्रेसका उम्मेदवार राजुराज जोशीभन्दा २० हजार ७ सय ६३ बढी मत प्राप्त गरेका छन् । मत गणनाको अन्तिम परिणाम अनुसार शाक्यले ६८ हजार ९ सय ६१ मत प्राप्त गरेका छन् भने निकतम् प्रतिष्पर्धी नेपाली काँग्रेसका राजुराज जोशीले ४८ हजार एक सय ९८ मत प्राप्त गरेका छन् ।

आइतबार विहान मत गणना सकिएको छ तर निर्माचन आयोगले औपचारिक रुपमा घोषणा गर्न बाँकी छ ।

विं.सं २०२० जेठ ९ गते काठमाडौँको लगनटोलमा जन्मिएका  शाक्यले शंकरदेव क्याम्पसबाट व्यवस्थापनमा स्नातकसम्मको अध्ययन गरेका छन् ।

विद्यालय तहदेखि नै राजनीतिमा संलग्न शाक्य सरल, सभ्य र सालिन व्यक्तिको रुपमा धेरैले मन पराउँछन् । ५४ वर्षिय शाक्य २०३६ सालदेखि नै राजनीतिमा सक्रिय थिए । उनी २०४९ सालमा भएको स्थानीय निकाय निर्वाचनमा काठमाडौँ वडा नम्बर २१ को अध्यक्षका भएका थिए ।  शाक्य करिब दुई दशकदेखि नेकपा (एमाले)को जिल्ला कमिटीमा विभिन्न जिम्मेवारी सम्हाल्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.