२०७४ जेठ ११ गते ८:१६ विकासन्युज
काठमाडौं । कुमारी बैंकले ३ लाख ६६ हजार ५ सय ६२ कित्ता सेयरको लिलामी विक्री गर्ने भएको छ ।
यो बैंकले खुला गरेको हकप्रद सेयरमा विक्री नभएका उक्त सेयरको आगामी जेठ २१ गेतभित्रै आवेदन दिन सक्ने गरी बैंकले गोप्य शिलवन्दीबाट सेयर विक्री गर्न लागेको हो ।
यो बैंकले संस्थापक सेयरको ८६ हजार ९२ कित्ता र सर्वसाधारणतर्फको २ लाख ८० हजार ४ सय ७० कित्ता सेयरको लिलाम विक्री गर्ने भएको छ ।
न्युनतम १ सय कित्ता सेयर खरिद गर्न पाउने यो बैंकको यही जेठ १४ देखि २१ गते भित्रको एक साताको समयमा आवेदन दिनुपर्ने उल्लेख छ । यो सेयर खरिद गर्न चाहनेले आवेदनकर्ताले यसको विक्री प्रवन्धक सिद्धार्थ क्यापिटल लिमिटेडबाट आवेदन दिन सक्ने उल्लेख छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.