स्ट्याण्डर्ड चाटर्ड बैंकको नाफा एक अर्ब नाघ्यो, खुद ब्याज आम्दानी मात्रै १ अर्ब ५५ करोड

  २०७४ वैशाख २६ गते १०:३८     विकासन्युज

काठमाडौं । स्ट्याण्ण्डर्ड चाटर्ड बैंक नेपालले नौ महिनामा एक अर्ब ६ करोड नाफा आर्जन गरेको छ । बैंकले गत आवको सोही अवधीमा भन्दा १६ करोड बढि नाफा आर्जन गरेको हो । गत आवको तेश्रो त्रैमासिकमा बैंकले जम्मा ९० करोड नाफा कमाउन सफल भएको थियो ।

स्ट्याण्डर्ड चाटर्ड बैंकले नौ महिनामा खुद ब्याज आम्दानी मात्रै १ अर्ब ५५ करोड पुर्याएको छ । बैंकले २ अर्ब ६ करोड ब्याज आम्दानी गरेर ५० करोड मात्रै ब्याज खर्च गरेको देखिन्छ । ३ अर्ब ७४ करोड चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ४ अर्ब ८३ करोड रुपैंयाँ रहेको छ ।

बैंकले खराब कर्जा पनि शुन्य दशमलब २९ प्रतिशतबाट घटाएर शुन्य दशमलब २३ प्रतिशतमा झारेको छ । बैंकको प्रति सेयर आम्दानी ३७ रुपैंयाँ ८४ पैसा छ भने प्रति सेयर नेटवर्थ २२९ रुपैंयाँ शुन्य ३ पैसा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.