चोकोफनले पायो अन्तराष्ट्रिय पुरस्कार ‘डीएलजी सिल्भर अवार्ड’

  २०७४ वैशाख १२ गते १९:२०     विकासन्युज

नेपालको सर्वाधिक लोकप्रिय चकलेट ब्राण्ड “चोकोफन”ले विश्वमै प्रतिष्ठित डीएलजी अवार्डको सम्मान प्राप्त गरेको छ । विगत १७ वर्षदेखि नेपालभरीका बालबालिकाहरुलाई रमाइलो स्वाद पस्कदै आएको चोकोफनले ख्यातिप्राप्त डीएलजी सिल्भर अवार्ड प्राप्तिबाट यसको विश्वस्तरीय क्वालिटि अन्तराष्ट्रिय रुपमा प्रमाणित भएको छ ।

डीएलजी ‘फुड एण्ड बेभरेज’लाई प्रदान गरिने जर्मनीको प्रसिद्ध अन्तराष्ट्रिय अवार्ड हो । वार्षिक अवार्ड हो जुन सेनसरी परिक्षण पछि योग्य ठहरिएको र डीएलजीको कडा गुणस्तर मापदण्ड पूरा गर्ने उत्पादनलाई मात्र यो अवार्ड प्रदान गरिन्छ । वर्षेनी विश्वभरका २७ हजार भन्दा बढि ब्राण्ड तथा प्रोडक्टहरु यस अवार्डको प्राप्तिका निम्ति प्रतिस्पर्धा गर्ने गर्दछन् ।

कच्चापदार्थ र उत्पादन प्रक्रियालगायत गुणस्तरको मापदण्डको समेत कडा परिक्षण पश्चात मात्र उपलब्ध हुने यस अवार्डबाट सम्मानित भएकोमा कम्पनीले खुशी व्यक्त गर्दै यस उपलब्धीबाट झनै प्रेरित भई भविष्यमा पनि निरन्तर उत्कृष्ट उत्पादन पस्कदै जाने प्रतिबद्धता व्यक्त गरेको छ ।

चोकोफनले आफ्नो ३ तहको क्रन्ची–क्रिस्पी वेफर, चकलेट क्रिमतथा स्वादिलो वाक्लो चकलेटमार्पmत नेपालमा स्वादका पारखीहरुलाई गुणस्तरीय मिठासको प्रस्तुती दिँदै आइरहेको छ । लक्ष्मी ग्रुपको भातृ संस्था सुजल फुड्सले अन्तर्राष्ट्रिय स्तरको वेफर, क्याण्डी, बबलगम, स्टिक गम बनाउँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.