वासिंगटन डिसीमा नेपालको प्रशंसा, आइडीए १८ अन्र्तगतको सहयोग दोब्बर गरिने विश्व बैंकको उद्घोष

  २०७४ वैशाख ८ गते ९:५३     विकासन्युज

चालु आर्थिक बर्षमा नेपालको आर्थिक बृद्धि दर ६.५ हुने प्रक्षेपणको बिश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको बैठकमा प्रशंसा गरिएको छ ।
बिहीवार संयुक्त राज्य अमेरीकाको बासिंगटन डिसीमा भएको बैठकमा कोषका कार्यकारी निर्देशक एन्डिन ह्यादियान्तोले नेपालको नामै लिएर आर्थिक बृद्धिदर उच्च भएको भन्दै नेपालका अर्थमन्त्री र बैठकमा सहभागी नेपाली टोलीलाई बधाई दिएका थिए ।

बैठकमा नेपालको आर्थिक विकासलाई अझ तिब्र पार्न सहयोग गर्न आइडीए १८ अन्र्तगतको सहयोग दोब्बर गरिने निर्देशक एन्डिन जानकारी दिए । बिश्व बैंकले अन्तर्राष्ट्रिय विकास संस्था (आइडीए) कार्यक्रम अन्र्तगत बिकासोन्मुख देशहरुलाई सहयोग गर्दै आएको छ ।

थप सहयोगले सन् २०१८ मा नेपालकोे आर्थिक बृद्धिदर उच्च पार्न सहयोग पुग्ने बैठकमा सहभागी अर्थ मन्त्रालय अन्तर्राष्टिय आर्थिक सहायता समन्वय महाशाखाका प्रमुख बैकुण्ठ अर्यालले बताए  ।

सहभागी मलेसियाका अर्थमन्त्री जोहरी अब्दुल घारी र इण्डोनेसियाका अर्थमन्त्री मुल्यानी इन्द्रावतीले नेपाल राष्ट बैंकका गर्भनर चिरञ्जीवी नेपाललाई नेपालको आर्थिक बृद्धिदर उच्च हुने अवस्थामा रहकोले नेपालका अर्थमन्त्री कृष्णवहादुर महरालाई बधाई सुनाइदिन आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.