चुनावी प्रभावले इन्धन अभाव, आपूर्तिमा अवरोध नहुँदा पनि लाइनको सास्ती

  २०७४ वैशाख ७ गते ७:५१     विकासन्युज

काठमाडौं । आपूर्तिमा कुनै अवरोध छैन । आयल तिगमका अधिकारी भन्छन् ‘आवश्यकता अनुसार इन्धन आपूर्ति भइरहेको छ ।’

पेट्रोल पम्प सञ्चालकहरुका नेता भन्छन् ‘आधा पम्पमा इन्धन छैन’ तर, यो साताको सुरु भएदेखि नै राजधानीका सर्वसाधारणले लाइन नबसी इन्धन पाएका छैनन् ।

एक दुई दिन बिदा हुने बित्तिकै लाइन बस्न बाध्य हुन्छौं बसुन्धारा प्रहरी पम्पमा भेटिएका श्याम बर्तौलाले भने, ‘सरकारका कारण उपभोक्ताले दुख पाएका छन् ।’

‘अहिले इन्धन अभाव हुनुमा निगम र व्यवसायीकै ठूलो हात छ । निगमले वितरण गरेको दावी गरेपनि तेल बजारभन्दा अन्य क्षेत्रमा गएको छ ।’

‘पम्प सञ्चालकहरुले पनि चुनावकै लागि सञ्चय गरेका छन् ।’ राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले बताए । कान्तिपुर दैनिकबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.