सामसङको सर्वाधिक महंगो मोबाइल नेपाली बजारमा, बैशाख २२ देखि खरिद गर्न पाइने

  २०७४ वैशाख ६ गते १७:५०     विकासन्युज

काठमाडौं । विश्व प्रसिद्ध सामसङ कम्पनीको सर्वाधिक महंगो र बहुप्रतिक्षित ग्यालेक्सी एस८ र ग्यालेक्सी एस८ प्लस मोबाइल नेपाली बजारमा भित्रिएको छ । सामसङले बुधबार एक कार्यक्रमका बिच आफ्नो ब्राण्डको हालसम्मकै सर्वाधिक महंगो र अत्याधुनिक फिचरसहितको ग्यालेक्सी एस८ र ग्यालेक्सी एस८ प्लस नेपाली बजारमा सार्वजनिक गरेको हो ।


ग्यालेक्सी एस८ को बजार मुल्य ८८ हजार ९ सय रुपैंयाँ पर्छ भने ग्यालेक्सी एस८ प्लसको मुल्य ९८ हजार ९ सय रुपैंयाँ पर्छ । यी दुई मोबाइल सेटहरु सामसङको हालसम्मकै सर्वाधिक महंगो र अत्याधुनिक फिचर समेटिएका मोबाइल हुन् । यी दुबै मोबाइल फोन आगामी वैशाख २२ देखि नेपाली उपभोक्ताको पहुँचमा आइपुग्नेछन् ।

ग्यालेक्सी एस८मा ५ दशमलब ८ इन्चको स्व्रिmन छ भने ग्यालेक्सी एस८ प्लसमा ६ दशमलब २ इन्चको स्क्रिन रहेको छ । एस८ प्लसमा होम कीको साटो प्रेसर सेन्सर भएको सफट् की राखिएको छ । ठूलो स्क्रिन भए पनि यी मोबाइलहरुमा गोलाकार किनार र सिमेट्रिक साइडले एउटै हातले मोबाइल चलाउन सकिने सुबिधा रहेको छ ।

सामसङ नेपालका आइएमएस प्रमुख प्रणयरत्न स्थापितले नेपाली मोबाइल पारखीका लागि ग्यालेक्सी एस८ र ग्यालेक्सी एस८ प्लस मार्फत सामसङले अर्थपूर्ण नवीनताको सिमा फैलाउने दावी गरे । यी मोबाइलमा डिफेन्स ग्रेड सेक्युरिटी प्ल्याटफर्म, फिंगर प्रिन्ट, फेस रिकगिनसन(अनुहार चिन्न सक्ने क्षमता) लगायतका बायोमेट्रिक प्रबिधी जडान गरिएको आइरिस स्क्यानर पहिलो पटक राखिएको छ ।

एफ १.७ लेन्स जडान गरिएको ८ मेगापिक्सलका फ्रन्ट क्यामेरा, न्युन प्रकाश र उच्च प्रकाशमा पनि उज्यालो दिन सक्ने रिजोलुसन, अटोफोकस, फेसियल रिकगिनसन टेक्नोलोजी, फन स्टिकर र स्ट्याम्प पनि यसमा रहेका छन् । १० एनएम प्रोसेसरले २० प्रतिशत व्याट्री खपत कम गराउने कम्पनीले बताएको छ ।

यी मोबाइलमा आइपी६८ वाटर एण्ड डस्ट रेसिसटेन्स, हाइब्रिड ड्युअल सिम स्लट, २५६ जिबीसम्म् बडाउन मिल्ने ६४ जिबीको इन्टर्नल मेमोरी, चाँडै चार्ज हुने व्याट्री, सधैं अन हुने डिस्प्लेको बिशेषता यी मोबाइलमा पाइन्छ । ग्यालेक्सी एस८ मोबाइल मिडनाइट ब्ल्याक र म्यापल गोल्डमा उपलब्ध हुनेछन भने एस८ प्लस कोरल ब्ल्यु भ्यारियन्टमा उपलब्ध हुनेछ ।

यी मोबाइलको खरिदमा टेलिकम पार्टनर एनसेलले ८ महिनाका लागि ८ जिबी डाटा उपलब्ध गराउनेछ । शिखर इन्स्योरेन्सले ६ महिनाको ब्रोकरेज इन्स्योरेन्स र् । बिभिन्न बैैंकहरुले ६ महिनाको इएमआई गरिदिनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.