सेञ्चुरी बैंकको १० प्रतिशत बोनस र ४० प्रतिशत हकप्रद निष्कासन गर्ने प्रस्ताव पारित

  २०७३ चैत ३१ गते १७:४२     विकासन्युज

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको गत वर्षको नाफाबाट सेयरधनीलाई १० प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित भएको छ । उक्त प्रस्ताव बिहीबार सम्पन्न कम्पनीको छैठौ वार्षिक साधारण सभाले पारित गरेको हो ।

साथै, साभाले सेयरधनीलाई ४० प्रतिशत हकप्रद निष्कासन गर्ने कम्पनीको बैंक सञ्चालक समितिको प्रस्ताव पनि पारित गरेको छ । उक्त सभाले सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले इन्नोभेटिभ डेभलपमेन्ट बैंक तथा अरनिको डेभलपमेन्ट बैंकलाई प्राप्ती गर्नलाई स्वीकृति समेत प्रदान गरेको छ । यी संस्था प्राप्ती पछि मात्र बैंकले सो मात्राको हकप्रद निष्कासन गर्ने भएको छ ।

यसैगरी सेञ्चुरी बैंकले आफ्नो ४ अर्ब ७ करोड पूँजी र चार संस्था प्राप्तीबाट करिब २ अर्ब रुपैयाँ पूँजी थप हुनेछ । त्यस्तै, नपुग पूँजीको लागि ४० प्रतिशत हकप्रद शेयर र चालु आ.व.को मुनाफाबाट ८ अर्ब रुपैयाँ पूँजी पुग्ने जनाएको छ । यसैगरी सबै सँस्थाहरु समाहित भए पश्चात् बैंकको कुल शाखा कार्यालयहरु करिब ९० वटा हुने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.