२०७३ चैत १८ गते ८:१५ विकासन्युज
काठमाडौं । बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपाल र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालबीचको एकता प्रक्रिया अन्तिम चरणमा पुगेको छ। स्थानीय निकायको निर्वाचनअघि नै एकताको घोषणा गर्ने तयारी भइरहेको जनाइएको छ ।
नयाँ शक्तिका तर्फबाट वार्ता समितिका संयोजक रामचन्द्र झाका अनुसार एकता प्रक्रिया अन्तिम चरणमा पुगेको छ । ‘एकीकरणका लागि सबै कुराहरू मिलेका छन्।
सामान्य कुराहरू बाँकी छन्। चैत मसान्त भित्रै बाँकी कुराहरू मिल्नेछ। वैशाख १ गते वा पहिलो साता नै एकताको घोषणा हुन्छ,’ उनले भने। एकता पछि पार्टीको संरचना र पदीय जिम्मेवारीमन विषयमा छलफल जारी रहेको झाले बताए। नेपाल समाचारपत्रबाट ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.