सिद्धार्थ डेभलपमेण्ट बैंकको ३७औं शाखा कास्कीको लेखनाथमा

  २०७३ चैत १३ गते १८:०३     विकासन्युज

काठमाडौं । सिद्धार्थ डेभलपमेण्ट बैंक लिमिटेडले आफ्नो ३७औं शाखा कास्कीको भण्डारढीक, लेखनाथमा स्थापित गरेको छ । उक्त शाखाको उद्घाटन लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मी प्रसाद त्रिपाठी र बैंक संचालक समितिकाअध्यक्ष रामबहादुर भण्डारीले गरेका छन् ।

कार्यक्रममा बैंकका अध्यक्ष त्रिपाठीले सो शाखाबाट सम्पूर्ण आधुनिक बैंकिङ्ग सुविधाहरु प्राप्त गर्न सकिने बताएका छन् । उक्त शाखामा शाखाको शुभारम्भ सहित बैंकले एटीएम सेवा पनि संचालनमा ल्याएको छ ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रले बैंकले आगामी दिनमा देशका विभिन्न स्थानमा शाखा कार्यालय विस्तार गर्दै ग्रामिणमुखी र आधुनिक एवं स्तरीय बैंकिङ्ग सेवा प्रदान गरी राष्ट्रिय अर्थतन्त्रको विकासमा टेवा पुर्याउने बताएका छन् । साथै, उनले गुणात्मक बृद्धि तथा वित्तीय पहुँच विस्तार गर्ने बताएका छन् ।

हाल सम्म बैंकले सबै शाखाकार्यालय मार्फत १ लाख ५० हजार भन्दा बढी सन्तुष्ट ग्राहकलाई विभिन्न आधुनिक बैंकिङ्ग लगायत ई-बैंकिङ्ग, मोबाइल बैंकिङ्ग, संचयकोष, स्वेच्छिककोष, उपदानकोष आदि जस्ता बैंकिङ्ग सेवा दिइरहको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.