सूदूरपश्चिममा मिडियाको अवस्था सम्बन्धी पुस्तक सार्वजिनक, रेडियो र पत्रिकामा १२ सय ४१ जनशक्ति

  २०७३ चैत ९ गते १७:५०     विकासन्युज

काठमाडाैं । सूदूरपश्चिमाञ्चल विकास क्षेत्र (प्रदेश नं.७)मा मिडियाको अवस्था र पहुँच सम्बन्धी अनुसन्धानात्मक पुस्तक सार्वजिनक भएको छ । सेन्टर फर मिडिया रिसर्च नेपाल र एलायन्स फर सोसल डाइलगले अनुसन्धान रिपोर्ट प्रकाशित गरेका हुन् ।

अध्ययन अनुसार सूदूरपश्चिममा दैनिक पत्रिकाको पहुँच १०, टेलिभिजनको २० प्रतिशत, केवलको ७ प्रतिशत र एफएम रेडियोको पहुँच ४८ प्रतिशत रहेको छ । अध्ययनका लागि तथ्यांक संकलन २०७१ साल मंसिरदेखि चैत्रसम्ममा संकलन गरिएको थियो ।

यस क्षेत्रमा दर्ता भएका ३ सय ९७ पत्रिका मध्ये ७९ पत्रिका नियमित छन् । ५७ वटा एफएमले अनुमति पाएकामा ५० वटा सञ्चालित छन् । रेडियो र पत्रिकामा गरी १२ सय ४१ जनशक्ति रहेकोमा ६ सय ५० पत्रकार छन् ।

सूदूरपश्चिममा रेडियो, पत्रपत्रिका र केवलमा ४० करोड ६० लाख रुपैयाँ लगानी रहेको छ ।  यस क्षेत्रका मिडियाले वार्षिक रुपमा १० करोड रुपैयाँको हाराहारीमा विज्ञापन पाउने गरेका छन् ।

अध्ययन मिडियाको अवस्था, पहुँच, लगानी, जनशक्ति,  बजार, विज्ञापनको अवस्था, मिडियाले भोग्नु परेका समस्या र चुनौतीमा केन्द्रित छ  ।  अध्ययनले क्षेत्रीय र स्थानीय मिडियाको विकास र प्रवर्द्धनका लागि स्थानीय पत्रपत्रिका, टेलिभिजन, रेडियो र अनलाइनलाई प्रोत्साहन गर्ने क्षेत्रीय सञ्चार नीति आवश्वयक रहेको देखाएको छ । साथै लोककल्याणकारी विज्ञापन र मिडिया विकास कोषमार्फत सूदूरपश्चिम क्षेत्रको मिडियाको विकासमा राज्यको थप सकृयता आवश्यक रहेको  पनि अध्ययनले देखाएको छ ।

पुस्तक research.butmedia.org बाट निशुल्क डाउनलोड गर्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.