दीक्षा श्रेष्ठले जितिन् रेसनारी नेशनल क्याम्पियनसिपको उपाधी

  २०७३ चैत ६ गते १४:३७     विकासन्युज

काठमाडौं । ‘रेसनारी नेशनल क्याम्पियनसिप २०१७’ को प्रतियोगितामा दीक्षा श्रेष्ठले प्रथम स्थान हासिल गरेकी छिन् । त्यसैगरी वर्षा बस्नेतले दोस्रो र सुनिता देसारले तेस्रो स्थान हासिल गरेकी छिन् । ललितपुरको सातदोबाटोस्थित स्वीमिङ पुल कम्प्लेक्समा आयोजना सम्पन्न उक्त रेसिङ च्याम्पियनसिपमा २१ जना महिला राइडरले ११० सिसीको होन्डा नाभी कुँदाएका थिए ।

प्रतियोगिताका विजयी खेलाडीहरुलाई क्रमशः रु. १० हजार, ७ हजार र ५ हजार नगद, शिल्ड र प्रमाणपत्ररेसनारी नेसनल च्याम्पियनसिप प्रदान गरिएको छ । मोटरसाइकल रेसिङका प्रथम विजेतालाई आगामी वर्ष एसियाली स्तरको रेसिङमा भाग लिन थाइल्यान्ड/मलेसिया पठाउने व्यवस्था गरिने छ । विजयी खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषद्का बोर्ड सदस्य राजेन्द्र श्रेष्ठ (राजु) ले पुरस्कार र प्रमाणपत्र प्रदान गरेका छन् ।

युवायुवतीहरुका बीचमा लोकप्रिय उक्त इभेन्ट गत वर्षदेखि सञ्चालन गरिएको हो । नेपालकै लागि नयाँ, रोमाञ्चकारी र साहसिक मानिने उक्त रेसनारी प्रतियोगिता महिला बाइक राइडरहरुलाई लक्षित गरि सञ्चालन गरिएको हो । नासा अन्तर्गतको नेपाल मोटरसाइकल फेडरेसन क्लबले यो प्रतियोगिता सञ्चालन गर्छ । पर्वतीय खेलकुद महासंघको प्रस्ताव एवं समन्वयमा पाँचौ पर्वतीय खेलकुद महोत्सव २०१७ अन्तर्गत यस पटक यो प्रतियोगिता सञ्चालन गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.