भरपर्दो उर्जा आपूर्तिका लागि डबल सर्किट प्रणाली, २२००० मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य

  २०७३ चैत ३ गते २१:०४     विकासन्युज

काठमाडाैं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भरपर्दो विद्युत आपूर्तिका लागि प्रसारण र वितरण प्रणाली मजबुत हुनुपर्ने बताएका छन् ।

प्राधिकरणले डबल सर्किट निर्माण गर्ने तयारी गरेको छ । विद्युतिय चोरी नियन्त्रणका लागि र उर्जा खपत कम गर्नका लागि डबल सर्किट निर्माण गर्न लागिएको घिसिङले बताएका छन् ।

 

बुधबार उर्जा विकास परिषधद्वारा आयोजित अन्तरक्रियात्मक कार्यक्रममा बोल्दै घिसिङले नेपालको प्रशासरण नेटवर्कको वर्तमान अवस्थाबारे प्रकाश पारेका थिए । उनले ६ वटा अन्तरदेशिय नेटवर्क करिडोर र ११ वटा प्रारण लाइन निर्माण गर्ने  प्राधिकरणको मूख्य योजना रहेको बताए । उनले भने, “हाम्रो सन् २०३५ सम्ममा २२ हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य रहेको छ । यस अनुसार पूर्व पश्चिम प्रसारण राजमार्गको ४०० केभी र ७६५ केभी, ४०० र २२० केभी क्षमताको मध्य पहाडी प्रसारण करिडर र २२० र ४०० केभीको उत्तरदक्षिण प्रसारण करिडर लगायतका प्रोजेक्टमा साम्भाव्यता अध्ययनको काम भइरहेको छ ।”

 

त्यस्तै नीजि क्षेत्रका कम्पनीहरुले पनि प्राधिकरणले भेदभावपूर्ण व्यवहार गरेको बताएका छन् । क्षतिपूर्तिको दर हाइड्रोप्रोजेक्ट पिच्छे फरक (कसैलाई ९० प्रतिशत त कसैलाई ४५ प्रतिशत) गरेको उनिहरुको दाबी थियो । प्राधिकरणले पारदर्शीता र समानतापूर्वक व्यवहार गर्नु आवश्यक रहेको उनिहरुको तर्क थियो । लिबर्टि इनर्जी कम्पनी लिमिटेडका कार्यकारी निर्देशक डा घिमिरेले वैद्येशिक उत्पादककालागि विशेष व्यवस्था भएपनि राष्ट्रिय स्तरका कम्पनीलाई वास्ता नगरिएको बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.