एनएमबि बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुनिल केसी

  २०७३ चैत १ गते १६:१०     विकासन्युज

काठमाडौं । एनएमबि बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा सुनिल केसी नियुक्त भएका छन् । मंगलबार बैंकमै आयोजित एक कार्यक्रममा अध्यक्ष पवनकुमार गोल्याणले केसीलाई पद बहालीको लागि सपथ ग्रहण समेत गराएका छन् ।

बैंकमा नायब प्रमुख कार्यकारी अधिकृतको पदमा रही कार्य गर्दै आएका केसी बिगत ८ बर्ष देखि एनएमबि बैंक सँग आवद्ध छन् । २७ वर्षे बैकिङ्ग अनुभव संगालेका केसी बैकिङ्ग क्षेत्रमै सटिक विश्लेषण गर्न सक्ने व्यक्तिका रुपमा चिनिन्छन् । एनएमबि बैंकलाई यो स्थानमा ल्याउनमा केसीको महत्व पुर्ण योगदान रहेको बैंकले जनाएको छ ।

मंगलबार कार्यकाल सम्हाल्दै केसीले भने-“ बैंकलाई नाफा मात्र नभई हरेक प्रकारले उत्कृष्ट बैंक बनाउने मेरो उद्देश्य रहेको छ । बैंकले आफ्नो रणनीति अनुरुप, नाफा मात्र आधार नबनाई स्थानीय समुदायमा समेत लगानी गर्नेछ तथा आत्मनिर्भर नेपालका लागि सर्मपित रहदै कार्यहरु गर्ने छ । ”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.