ड्रोनको प्रयोगबारे आइडिया हन्ट, उत्कृष्ट हुनेलाई साढे आठ लाख दिइने

  २०७३ चैत १ गते ८:२९     विकासन्युज

काठमाडौं । नेपाल इन्जिनियर्स एसोसिएसनले ड्रोनको प्रयोग कार्यान्वयन र्ग सकिने आइडियोको खोजी सुरु गरेको छ । एसोसिएसनले उत्कृष्ट आइडिया दिनेलाई व्यवासायीक वातावरण सिर्जनका लागि ८ हजार डलर अर्थात करिब साढे आठ लाख रुपैयाँ पुरस्कारस्वरुप दिने भएको छ ।

ड्रोनको प्रयोग र यसबाट गर्न सकिने नयाँ कामको लागि एक महिनाको समय लगाएर गरिएको प्रस्तावमागमा विभन्नि १७ वटा टोलि रहेका छन् । यी टोलीले आगामी शनिबार आआफ्नो आइडियाको प्रस्तुतीकरण गर्ने छन् ।

यसमध्येबाट उत्कृष्ट आइडिया छनोट हुने रोवर्स एसोसिएसन अफ नेपालका संयोजक उत्तम पुडासैनिले बताए । यो आइडिया हन्ट इन्जिनियर्स एसोसिएशन, रोवर्स एसोसिएशन, रोबोटिक्स एसोसिएसन र नेपाल फ्लाइङ ल्यावले संयुक्त रुपमा आयोजना गरेका छन् ।

पछिल्लाे समय ड्रोनको प्रयोग फाेटाे खिच्न, सामान बाेक्न, अनुसन्धानसहितका काममा हुन थालेकाे छ । ड्रोनको प्रयोग बढाउने र दैनिकी सहज बनाउने उदेश्यले नै याे हन्टकाे अायाेजना गर्न लागिएकाे उल्ल्ख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.