सगरमाथा फाइनान्सद्धारा प्रस्तावित ३३ प्रतिशत बोनस सेयर राष्ट्र बैंकबाट स्वीकृत

  २०७३ फागुन २६ गते १५:१०     विकासन्युज

काठमाडौं । सगरमाथा फाइनान्सले गत वर्षको नाफाबाट सेयरधनीलाई ३२ दशमलव ९४ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ । फाइनान्सको प्रस्तावित बोनस ८० प्रतिशत हकप्रद सेयर निश्काशन गरेपछिको चुक्ता पूँजीमा १८ दशमलब ३ प्रतिशत हुन आउने कम्पनीले जनाएको छ ।

कम्पनीको सञ्चालक समितिले प्रस्ताव गरेको बोनस सेयर नेपाल राष्ट्र बैंकले स्वीकृति दिएको छ । राष्ट्र बैंकको स्वीकृतिलाई कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र सेयरधनीले १८ प्रतिशत बोनस पाउने कम्पनीले जनाएको छ ।

हाल कम्पनीको चुक्ता पुँजी ६६ करोड ४७ लाख रुपैयाँ रहेको छ । पछिल्लो समय कम्पनीको सेयर प्रतिकित्ता २२६ रुपैयाँमा कारोबार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.