उद्योग बाणिज्य महासंघको निर्वाचनमा बस्तुगत तर्फबाट स्वतन्त्र प्यानलको घोषणा

  २०७३ फागुन २५ गते १५:५९     विकासन्युज

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघको आगामी निर्वाचनमा बस्तुगत तर्फबाट उपाध्यक्षसहित १२ जनाले उम्मेदवारी घोषणा गरेका छन् । मंगलबार साँझ टंगालस्थित स्वार्णिम बुटिक होटलमा औपचारिक कार्यक्रम गरी उनीहरुले स्वतन्त्र प्यानलको नाममा उम्मेदवारी घोषणा गरेका छन् ।

नेपाल कार्पेट व्यवसायी संघका अध्यक्ष अनुपबहादुर मल्लले बस्तुगततर्फको उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् भने उनको समूहबाट १२ जनाले कार्यसमिति सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् ।

फेल्ट एसोसिएसन अफ नेपालको तर्फबाट नरेशलाल श्रेष्ठ, नेपाल फ्रेड फवार्ड एसोसिएसनको तर्फबाट प्रकाशसिंह कार्की, फिसिएरी एसोसिएसन अफ नेपालको तर्फबाट तुलसीलाल गिरि, नेपाल कपडा तथा सिलाई एसोसिएसनको तर्फबाट सुरज बज्राचार्य, नेपाल हस्तकला महासंघतर्फबाट हेमरत्न शाक्य, फुटवयर म्यानुफ्याक्चरर्स् एसोसिएसनको तर्फबाट रबिन श्रेष्ठ, नेपाल प्रिन्टर्स एसोसिएसनको तर्फबाट नरेश बहादुर मल्ल,  कुरीयर एसोसिएसनको तर्फबाट खेम पन्त, नेपाल विज्ञापन संघको तर्फबाट सन्तोष श्रेष्ठ, टेशनरी एण्ड एजुकेशन मेटिरियल्स इन्डस्ट्रीज एसोसिएसनको तर्फबाट सुनिल गोपाल श्रेष्ठ र बैदेशिक रोजगार व्यवसायी संघको तर्फबाट एक जना गरि १२ जनाले उम्मेदवारी घोषणा गरेका छन् ।

बैदेशिक रोजगार संघको तर्फबाट विमल ढकाल वा पूर्व अध्यक्ष मध्ये एक जनाको उम्मेदवारी हुने मल्लले बताए ।  उम्मेदवारी घोषणा सभामा ३० वटा बस्तुगत संघको प्रतिनिधि उपस्थित रहेको उनले बताए । तर महासंघका पदाधिकारी वा पूर्वअध्यक्षहरु कोही पनि सो कार्यक्रममा सहभागी नभएको मल्लले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.