सुजल फुड्सको रसिलो क्याण्डी नेपाली बजारमा, गुलियो र चटपटा स्वादले भरिपूर्ण

  २०७३ फागुन २० गते १५:५२     विकासन्युज

काठमाडौं । सुजल फुड्स प्रा.लि.ले आफ्नो उत्कृष्ट उत्पादन रसिलो क्याण्डीको नयाँ विज्ञापन अभियान शुरु गरेको छ । उक्त नयाँबजार प्रवर्धन योजनामा हास्यकलाकार दिपकराज गिरीलाई अनुवन्धन गरिएको छ । उक्त अभियानको नारा “चट्पटा स्वादिलो, पचाउछ सजिलो” रहेको कम्पनीले जनाएको छ ।

रसिलो क्याण्डीसुजल फुड्सको रजिस्ट्रर ट्रेडमार्क हो । कम्पनीका अनुसार यो एक हार्ड बोइल्ड क्न्फेक्सनरी हो जसको उत्पादन अत्याधुनिक प्रविधि प्रयोग गरी अति स्वस्थ्यकर वातावरणमा उत्पादन गरिन्छ, त्यसैलै हरेक पटक क्याण्डीको उपभोग गर्दा उत्पादनको गुणस्तर र स्वादमा एक रुपता पाइन्छ । चट्पटा स्वादिला हुनुका साथै प्राकृतिक जडिबुटी तथा मसलाले भरिपुर्ण रहेको यो क्याण्डीको मज्जा जहाँ पनि जहिले पनि लिन सकिन्छ । रसिलो क्याण्डी मोइस्चर प्रुफ मेटालिक प्याकेजिङ्गर आकर्षक फिनिसिङ्गमा उपलब्ध छ । यो क्याण्डी नेपाल अधिराज्यभर १ रुपैयाँमा उपलब्ध छ ।

उक्त अभियानले रसिलो क्याण्डीको गुलियो र चटपटा स्वादले ग्राहकवर्गमा प्रवाह गर्छ । जसले सबैको मन जित्दै लोकप्रिय ब्राण्ड बन्न सहयोग पुग्ने कुरामा कम्पनी विश्वस्त रहेको छ ।

लक्ष्मी ग्रुप  अन्तर्गतको सुजल फुड्सले अन्तराष्ट्रिय स्तरको वेकर, टफि, क्याण्डी लगायत वबलगम, स्टिक गम उत्पादन गर्दै  आएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.