सिटिजन्स बैंकले २५ प्रतिशत हकप्रद निष्कासन गर्ने, पायो बोर्डको अनुमति

  २०७३ फागुन १२ गते १७:०२     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलले सेयरधनीलाई २५ प्रतिशत (१० बराबर २.५ को अनुपातमा) हकप्रद निष्कासन गर्न बोर्डको अनुमति पाएको छ । बिहीबार बोर्डले उक्त बैंकलाई सो मात्रामा हकप्रद निष्कासन गर्न अनुमति दिएको छ ।

बोर्डको अनमति अनुसार बैंकले एक करोड ३८ लाख ४३ हजार कित्ता हकप्रद निष्कासन गर्ने भएको छ । अंकित मूल्य १०० रुपैयाँ एक अर्ब ३८ करोड ४३ लाख रुपैयाँ बराबरको हकप्रद निष्कासन गर्न लागेको छ ।

हाल बैंकको बिक्री प्रवन्धकको काम सानिमा क्यापिटलले गर्दै आएको बैंकले जनाएको छ । हाल बैंकको चुक्ता पूँजी ५ अर्ब ५३ करोड रुपैयाँ रहेको छ । बोनस बाहेक सो मात्राको हकप्रद पश्चात बैंकको पूँजी करिब ६ अर्ब ६२ करोड रुपैयाँ पुग्ने छ । पछिल्लो समय बैंकको सेयर मूल्य प्रतिकित्ता ४२५ रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.