प्रभु इन्स्योरेन्सलाई ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न बोर्डको अनुमति

  २०७३ फागुन १२ गते १६:३२     विकासन्युज

काठमाडौं । नेपाल धितोपत्र बोर्डले प्रभु इन्स्योरेन्स लिमिटेडलाई हकप्रद निष्कासनको लागि अनुमति दिएको छ । धितोपत्र बोर्डमा निवेदन बुझाएपछि कम्पनीले २ः१ अर्थात् ५० प्रतिशत हकप्रद शेयर निष्कासनको अनुमति पाएको हो ।

कम्पनीले १९ लाख २५ हजार ७९ कित्ता हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले अंकित मूल्य १ सय रुपैयाँका दरले १९ करोड २५ लाख ५ हजार रुपैयाँ बराबरको हकप्रद जारी गर्ने भएको छ । कम्पनीले बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.