सेयर बजारमा उतारचढाव, नेप्से ७ अंकले घट्यो, ६० करोडको सेयर कारोबार

  २०७३ फागुन १० गते १५:२९     विकासन्युज

काठमाडौं । मङगलबारको सेयर बजारमा केही उतारचढाव देखिएको छ । सो दिन नेप्से परिसूचक ७ दशमलव ५४ प्रतिशतले घटेर १३३७ दशमलब ५७ अंकमा झरेको छ । कारोबार शुरु हुँदा १३६५ अंकमा रहेको परिसूचक करिब ३ घण्टाको कारोबारमा करिब २० अंकले घटेको थियो । त्यसपछिको कारोबारमा भने बजारलाई हल्का टेवा पुगेको देखिन्छ ।


मंगलबार परिसूचकसँगै सेयर काराबोरमा पनि गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा सो दिन कारोबार रकममा करिब २१ करोडको गिरावट भएको छ । मंगलबार १३७ कम्पनीको १० लाख ९ कित्ता सेयर ६० करोड ४३ लाख रुपैयाँमा किनबेच भएको छ ।

सो दिन होटल, विकास बैंक उत्पादनमूलक समूह समूह बाहेक कारोबारमा आएका बाँकी समूहहरुको परिसूचक ओरालो लागेपछि नेप्से परिसूचकमा गिरावट आएको हो । सबैभन्दा बढी बीमा समूहको परिसूचक १३८ अंकले ओरालो लागेको छ ।

आईएलएफसिओ माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयर मूल्य करिब १० प्रतिशत बढेको छ । सो दिन कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६६५ रुपैयाँ रहेको छ । त्यस्तै, एक्सेल डेभलपमेन्ट बैंकको करिब ६ प्रतिशतले सेयर मूल्य बढेको छ ।

सो दिन सबैभन्दा बढी सेती फाइनान्सका लगानीकर्ताले करिब १० प्रतिशत गुमाएका छन् । मंगलबार कम्पनीको सेयर मूल्य प्रतिकित्ता १६४ रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.