एडिवीले नेपाललाई थप एक खर्ब २० अर्ब रुपैयाँ सहयोग गर्ने, ठूला पूर्वाधारमा लगानी गर्ने चाहेको जानकारी

  २०७३ फागुन ९ गते २२:१५     विकासन्युज

काठमाडौं। एसियन डेभलपमेन्ट बैङ्क (एडिवी)ले नेपाललाई सन् २०१७ देखि २०१९ सम्म थप एक खर्ब २० अर्बको सहयता गर्ने भएको छ। काठमाडौंमा पत्रकार सम्मेलन गर्दै एडिवीका उपाध्याक्ष वेनकाई झाङले उक्त रकम नेपालको पूर्वाधार निर्माणमा सहयोग गर्ने बताएका हुन्।

उनले सो रकम सस्टेनेवल डेभलपमेन्ट गोल (एसडिजी)का लागि केन्द्रित रहर खर्च गरिने गरि दिने बताए। एडिवीले सन् २०१७ देखि २०१९ सम्मका लागि ८४३.८ मिलियन डलर सहयोग रकम छुट्याएको जनाएको छ। त्यसमा क्षेत्रीय सहयोग तथा नयाँ आयोजना, डिजास्टर रिस्क मेनेज्मेन्ट लागि थप ३५६ मिलियन डलर छुट्याएको जनाएको झाङले बताए।

त्यस्तै झाङले नेपालका ठूला आयोजनामा लगानी गर्ने समेत जनाएको छ। ठूला आयोजनामा लगानी गर्न खोजेको र उपलब्धि पनि ठूलै लिन खोजेको बताए। नेपालमा हाईड्रोपावरको प्रशस्त सम्भावना भएको भन्दै झ्याङले नेपालमा कृषि, शिक्षा, नयाँ पूर्वाधारको निर्माण, स्पेसल इकोनोमिक जोन जस्ता ठूला प्रोजेक्टहरुमा काम गर्ने योजना रहेको बताए।

झाङले एडीबीले आवश्यकता अनुसार सहयोग विस्तार गरेर वार्षिक ५० करोड डलरसम्म पुर्‍याउने बताए। नेपालमा ठूला योजना कार्यन्वयनमा ढिलासुस्ती हुने र कार्यान्वयन अधिकारीको क्षमता अभिवृद्धि हुन नसकेको भन्दै यसलाई सुधार गर्नुपर्ने आवश्यकता भएको बताए।

एडीबीले तनहुँ जलविद्युत आयोजना, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, त्रिभुवन विमानस्थलको स्तरोन्नोती, काठमाडौं उपत्यका विद्युत वितरण प्रणालीमा सुधारजस्ता ठूला आयोजनामा सहयोग गरिरहेको छ।

यस्तै एडीबीले पूर्वपश्चिम राजमार्गको विस्तार, मेलम्चीको दोस्रो आयोजना र दूधकोसी जलासययुक्त आयोजनालगायत ठूला पूर्वाधारमा सहयोग गर्ने जियाङले प्रतिवद्धता व्यक्त गरे ।

विस्तृत आयोजना प्रतिवेदन तयार भएका आयोजनामात्र अघि बढाउने सरकारी योजना, सार्वजनिक खरिद ऐनमा सुधारले आयोजना कार्यन्वयनमा सहजता आएपनि सरकारी ढिलासुस्ती र सरकारी कर्मचारीको क्षमता नहुँदा अझै ढिलाइ हुने गरेको उनले बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.