सनराइज बैंक र एनआईडिसी क्यापिटल मार्केट्सबीच एकिकृत कारोबार शुरु

  २०७३ माघ २८ गते १६:३२     विकासन्युज

काठमाडौं । सनराइज बैंक लिमिटेडले एन.आई.डि.सी. क्यापिटल मार्केट्स लिमिटेडलाई प्राप्त (एक्विजिसन) पश्चात शुक्रबारदेखि एकीकृत कारोवार शुरु गरेको छ । उक्त एकीकृत कारोबार सम्झौतामा सनराइज बैंकका अध्यक्ष मोतीलाल दुगड र एन.आई.डि.सी. क्यापिटल मार्केट्सका अध्यक्ष सुरेन्द्र थापाले हस्तान्तरण गरेका छन् ।

उक्त कारोवारको उद्घाटन नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीबि नेपालले गरेका छन् । गभर्नर डा. नेपालले सनराइज बैंकले एन.आई.डि.सी. क्यापिटललाई प्राप्त गरि एकीकृत कारोवार शुरु गरेकोमा शुभकामना दिएका छन् । साथै, उक्त एकीकरणबाट सनराइज बैंक थप सशक्त भइ मर्चेण्ट बैंकिङ्ग सम्बन्धी कार्य गर्न सक्षम भई ग्राहक तथा शेयरधनीहरुलाई अझ बढी सेवा सुविधा प्रदान गर्ने बैंकले प्रतिवद्धता गरेको छ ।

उद्घाटन समारोहका सभापति सनराइज बैंकका अध्यक्ष मोतीलाल दुगडले नेपाल सरकारको लगानी रहेको कर्मचारी संचयकोष, बिमा संस्थान जस्ता ५ वटा सरकारी निकाय संस्थापक रहेको कम्पनीलाई एकीकरण गर्न पाउँदा हर्ष प्रकट गर्दै यस पछि बैंकले ६८ वटा शाखाहरुबाट ग्राहकवर्गले सेवा प्राप्त गर्न पाउने जानकारी दिएका छन् । हाल बैंकको चुक्ता पूँजी करिब ५ अर्व ४५ करोड रुपैयाँ रहेको छ । उक्त पूँजीमा ३० प्रतिशत हकप्रद शेयर निष्काशन पश्चात बैंकको चुक्ता पूँजी करिब ७ अर्व ९ करोड रुपैयाँ पुग्ने दुगडले बताए ।

आ.ब. २०७३/०७४ को मुनाफाबाट बोनस शेयर जारी गरी नेपाल राष्ट्र बैंकले तोकेको ८ अर्व रुपैयाँको चुक्ता पूँजी तोकिएको समयावधि भित्रै पूरा गर्ने प्रतिबद्धता गरेका छन् ।  एन.आई.डि.सी. क्यापिटलका शाखा कार्यालय, कमलपोखरीमा समेत छुट्टै कार्यक्रमको आयोजना गरि सो स्थानमा बैंकको ६८औं शाखा कार्यालय स्थापना गरेको छ ।

त्यसै गरि एन.आई.डि.सी. क्यापिटल मार्केट्स लिमिटेडका अध्यक्ष सुरेन्द्र थापाले फाइनान्स कम्पनीलाई सानो दायरामा बस्नु भन्दा सनराइज बैंक  “क” वर्गको संस्था संग समाहित हुन पाएकोमा खुसी व्यक्त गरेका छन् । सनराइज बैंक आगामी पाँच वर्ष भित्र ठूला दश बैंकभित्र पार्ने गरि “हामी संग संगै” भन्ने हातेमालोको सिद्धान्त अंगिकार गरि अघि बढिरहेको छ ।

उक्त समारोहमा नेपाल धितोपत्र बोर्डका अध्यक्ष, नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल च्याम्वर अफ कमर्स तथा वैंकर्स संघका अध्यक्षहरुले शुभकामना व्यक्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.