सामसङ ग्यालाक्सी जेटु एस बजारमा, सेल्फीको लागि फ्रन्ट फ्ल्यास् क्यामेरा, मूल्य १४ हजार

  २०७३ माघ ११ गते १९:१४     विकासन्युज

Samsung-Galaxy-J2-Ace

ग्यालाक्सी जे टू एस

 

काठमाडौं, ११ माघ । सामसङ नेपालले जे सिरिजको रेन्जमा नयाँ ग्यालाक्सी जे टू एस ल्याएको छ । सुपथ रेन्जका फोनहरुको वर्गमा सामसङ ग्यालाक्सी जे सिरिज सबैभन्दा बढी बिक्री हुने स्मार्टफोन सिरिज हो । यसको बजार मूल्य १३ हजार ९९० रुपैयाँ तोकिएको छ ।

ग्यालाक्सी जे टू एस ५ इन्च स्क्रीन स्मार्टफोन सेग्मेन्टमा फ्रन्ट क्यामेरा फ्ल्यास् फिचर छ । ग्यालाक्सी जे टू एस एक “फोर जी” युक्त यो फोनले नेपालको फोर जी स्मार्टफोन क्षेत्रमा सामसङको प्रस्तुतीलाई झनै सुदृढ बनाएको कम्पनीले जनाएको छ ।

सामसङ नेपालको एचएचपी डिभिजनका डेपुटी जेनरल म्यानेजर प्रनय स्थापितका अनुसार ग्राहकहरुले जे सिरिजको बनावटको उत्कृष्ट क्वालिटि तथा नेपाल–केन्द्रित फिचरहरु जस्तै यूडिएस, एस बाइक, टिएसटि, एस पावर प्लानिङ्ग र एस सेक्योरलाई निकै सकारात्मक प्रतिक्रिया दिएका छन् । सेल्फी लिने तथा मनोरञ्जन मनपराउने प्रयोगकर्ताहरुको आवश्यकतालाई ध्यानमा राख्दै यस मोडलमा ५इन्च स्क्रिनका साथ फ्रन्ट फ्ल्यास् राखिएको छ ।

लोकलाइज्ड् फिचर्स्

प्रनय स्थापित

प्रनय स्थापित

विशेष नेपालका लागि सामसङले ल्याएका फिचरहरुमा अल्ट्रा डाटा सेभिङ्ग सुविधा छ । यसले डाटा कम्प्रेश गरी ५० सम्मको डाटाबचाउँछ । यसमा एस बाइकमोड जसले जिम्मेवार बाइक राइडलाई प्रोत्साहन दिई फोन प्रयोगकर्ताहरुलाई रोडमा निश्चिन्त भई बाइक राइड गराउँछ । साथै, टर्बाे स्पिड टेक्नोलोजी सुविधा छ जसले फोनको र्यामलाई अप्टिमाइज गरी एपहरुलाई आफ्नो भन्दा दोब्बर र्याम भएका फोनहरुको तुलना ४० प्रतिशतसम्म छिटो खोल्न मदत गर्छ । यसले गर्दा ग्राहकहरु फोनको पर्फमेन्सको बारेमा चिन्ता नलिई ढुक्कले विभिन्नएपहरु एकै साथ चलाउन सक्ने कम्पनीको भनाई छ ।

साथै, “ग्यालाक्सी जे टू एस” मा सामसङले अर्काे नविनतमलोकलाइज्ड् फिचर एस पावर प्लानिङ्ग पनिल्याएको छ जुन एउटा स्मार्ट ब्याट्री म्यानेज्मेन्ट सिस्टम हो । यसले प्रयोगकर्ताहरुलाई सधैं नै कनेक्टेड रहन मदत गर्छ । त्यसैगरी, एस सेक्योरले सेफ ब्राउजिङ्ग एक्सपेरिएन्स् प्रदान गरी व्यक्ति गत जानकारीहरुलाई सुरक्षित राख्छ ।

उक्त फोनले फोर जी क्षमताका साथ साथै आफ्नो स्टाइलिश डिजाइन र उत्कृष्ट पर्फमेन्स पनि पस्केको छ । “ग्यालाक्सी जे टू एस” मा१.४ गिगाहर्ज कोड प्रोसेसर छ, जसलाई टर्बाे स्पिड टेक्नोलोजी का साथ१.५ जी.बी. ¥यामले सपोर्ट गरेको छ र ग्राहकहरुलाई उत्कृष्ट पर्फमेन्स पस्कन सहायता गरेको छ । युनिक प्याटर्न भएको ब्याकप्यानलका यो फोन एन्टी–स्क्रयाच् र डिजाइनको हिसाबले एर्गाेनोमिकपनि छ । उक्त स्मार्टफोन जनवरी २३ बाट सबै विक्रेता च्यानलहरुमा उपलब्ध हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.