कसमस डेभलपमेन्ट बैंकको २३ प्रतिशत बोनस र ६ लाख रुपैयाँ नगद लाभांश पारित

  २०७३ पुष २८ गते १६:११     विकासन्युज

काठमाडौं, २८ पुस । कसमस डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई २३ दशमलब ६० प्रतिशत बोनस सेयर दिने निर्णयलाई पारित गरेको छ । साथै, बैंकले सेयरधनीलाई ६ लाख २४ हजार ९३४ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गरेको छ ।

cosmos_bank_6th_agm

उक्त प्रस्तावलाई बुधबार बसेको बैंकको छैठौं बार्षिक साधारण सभाले पारित गरेको हो । आर्थिक वर्ष २०७२/०७३ मा बैकले १ करोड ५१ लाख रुपैयाँ कमाउन सफल भएको छ । संस्थापक शेयरधनीहरुको समुहमा ५१ प्रतिशत शेयर कायम राखि सो समुहको वाँकी ९ प्रतिशत शेयर सर्वसाधारण समुहमा परिणत गर्ने बैंकले जनाएको छ ।

बैंकले सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडसँग मर्जर सम्वन्धी सम्झौता पत्रमा हस्ताक्षर गरिसकेको बैंकका अध्यक्ष प्रा. डा. टेकनाथ ढकालले जनाएका छन् । हाल बैंकले गोरखा जिल्लाको सदरमुकाम गोर खा बजार हरमटारीमा प्रधान कार्यालय, आरुघाट, घ्याम्पेसाल र पालुङटारमा गरी ३ वटा शाखा कार्यालय र एउटा एक्सटेन्सन काउन्टर स्थापना गरिसकेको जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.