लक्ष्मी बैंकले १८ प्रतिशत बोनस दिने, हकप्रद सेयर भर्ने र प्रोफेसनल विकास बैंकका सेयरधनीले पनि बाेनस पाउने

  २०७३ पुष २८ गते १३:३४     विकासन्युज

Laxmi_bankकाठमाडौं, २८ पुस । लक्ष्मी बैंकले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई सेयर १८ दशमलब २९ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको छ । उक्त निर्णय बैंकको बुधबार बसेको १८३ औँ सञ्चालक समितिको बैठकले गरेको हो ।

हाल लक्ष्मी बैंकले प्रोफेसनल दियालोे विकास बैंकलाई खरीद  (एक्वाएर) गर्ने प्रक्रियामा चलिरहेको छ । उक्त विकास बैंकलाई खरिद गरेपछि बैंकले १०० प्रतिशत(शतप्रतिशत) हकप्रद सेयर निष्कासन गर्ने भएको छ, जुन बैंकको साधारणसभाले पारित गरिसकेको छ ।

हकप्रद निष्कासन र दियालाे विकास बैंक खरिदपछि मात्र बैंकले लगानीकर्तालाई बोनस सेयर दिने निर्णय गरेको हो । उक्त बैंकको प्रस्तावलाई राष्ट्र बैंकले स्वीकृति तथा बैंकको आगामी साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्तालाई बोनस वितरण गर्ने छ ।

त्यसबेला कायम चुक्ता पूँजीसँग समायोजन गर्दा लक्ष्मीले घोषणा गरेको बोनस सेयर १८ दशमलब २९ प्रतिशत हुने बैंकले जनाएको छ । बोनस र हकप्रद पश्चात लक्ष्मी बैंकको चुक्ता पूँजी सात अर्ब नाघ्ने छ।

गत असार मसान्तकाे पुँजीकाे अाधारमा भने बैंकले दिने बाेनस सेयर ३८ प्रतिशत भएकाे जनाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.