चेम्वरका अध्यक्ष डा.राजेशकाजी श्रेष्ठ वाज्मेको उपाध्यक्षमा निर्वाचित

  २०७३ मंसिर २६ गते १७:१०     विकासन्युज

rajeshkaji_shrestha_chamberकाठमाडौं, २६ मंसिर । नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष डा.राजेशकाजी श्रेष्ठ वल्र्ड एशोशिएशन अफ स्मल एण्ड मिडियम इन्टरप्राईजेज (वाज्मे) को उपाध्यक्षमा निर्वाचित भएका छन् । वाज्मेको डिसेम्वर ५ २०१६ मादिल्लीमा सम्पन्न “५८औं सेसन अफगभर्निङ बडीले” डा.राजेश काजी श्रेष्ठलाई उपाध्यक्षमा निर्वाचित गरेको हो ।

विश्वका साना तथा मझौला व्यवसायीहरुको हक हित तथा क्षमता अभिवृद्धिमा वल्र्ड एशोशिएशन अफ स्मल एण्ड मिडियम इन्टरप्राईजेज (वाज्मे) ले सघाउ पुर्याउंदै आएको छ । चेम्वरका अध्यक्ष डा.राजेशकाजी श्रेष्ठको प्रतिनिधित्वले नेपालका साना तथा उद्यमीहरुको हकहितका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ध्यानाकर्षण गर्न सघाउ पुर्याउने चेम्वरको विश्वास रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.