विदेश जानेहरुको संख्या घट्दा रेमिट्यान्सको बृद्धिद्धरमा पनि कमी

  २०७३ मंसिर १७ गते १२:२२     विकासन्युज

काठमाडौं, १७ मंसिर । बैदेशिक रोजगारीमा जानेहरुको संख्यामा कमी आउन थालेको छ । चालु आर्थिक वर्षको तीन महिनामा बैदेशिक रोजगारीमा जानेहरुको संख्या ९५ हजार १ सय ९३ रह्यो । यो संख्या गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा १६.१ प्रतिशतले कमी हो । गत आर्थिक वर्षको पहिलो तीन महिनामा सो संख्या एक लाख १३ हजार ५१५ रहेको थियो । nrb-datta

बैदेशिक रोजगार विभागका अनुसार चालु अर्थिक वर्षको साउन महिनामा मात्र बैदेशिक रोजगारीका लागि जानेहरु ३५ हजार ४ सय ८५ जना रहेका छन् भने भदौ महिनामा ३४ हजार ७ सय ५९ र असोज महिनामा २४ हजार ९ सय ४९ जना बैदेशिक रोजगारीमा गएका छन् ।

यसरी बैदेशिक रोजगारीमा जानेहरुको संख्यामा कमी आएसँगै रेमिट्यान्स बृद्धिद्धरमा पनि कमी आएको नेपाल राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पहिलो तीन महिनामा रेमिट्यान्स ३.२ प्रतिशतले मात्र वृद्धि भएको छ ।

यो वर्षको असोजसम्ममा नेपालमा १ खर्व ७१ अर्ब ८० करोड रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको छ । गत  वर्षको पहिलो तीन महिनामा रेमिट्यान्स २४ प्रतिशतले वृद्धि भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.