क्लियरिङ बैंक थप्ने प्रक्रियाः १० महिनापछि ‘गुड न्युज’को आसा

  २०७३ मंसिर १० गते १२:३५     विकासन्युज

dev_guptaकाठमाडौं, १० मंसिर । नेपाल धितोपत्र बोर्डले क्लियरिङ बैंक थप्न निर्देशन दिएको करिब १० महिनापछि सिडिएस एण्ड क्लियरिङ लिमिटेडले प्रक्रिया अन्तम चरणमा पुर्याएको छ । बोर्डले २०७२ साल माघ १३ गते नेपाल स्टक एक्सचेञ्ज र सिडिएस एण्ड क्लियरिङ लिमिटेडलाई पत्र लेखेर ढिलोमा बैशाख १ गते भित्र क्लियरिङ बैंकको सख्या कम्तिमा ३ वटा पुर्याउन निर्देशन दिएको थियो ।

बोर्डले निर्देशन दिएको करिब १० महिना र लागु गर्न तोकिएको समय सकिएको ७ महिनापछि सिडिएसले प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिएको हो ।‘भर्खरै मात्र सिडिएसका सिइओसँग कुरा भएको थियो, एक दुई दिनभित्रै गुड न्युज आउँछ भन्नु भएको छ’, नेपाल धितोपत्र बोर्डका प्रवक्ता निरज गिरीले विकासन्युजसँग भने ।

उता, सिडिएसका सिइओ देवप्रकाश गुप्ताले पनि क्लियरिङ बैंक थप्ने प्रक्रिया अन्तिम चरणमा पुगेको बताए । ‘सबै जसो तयारी सम्पन्न भैसकेका छन्, प्राबिधिक तयारी सबै सकियो, अब औपचारिक काम मात्रै बाँकी छ ।’, सिडिएसका सिइओ गुप्ताले विकासन्युजसँग भने ।

clearing_bank

सधैं तयारी अन्तिम चरणमा भन्नुहुन्छ, टेण्डर कहिले आउँछ भन्ने प्रश्नको जवाफमा उनले भने–‘टेण्डर डकुमेन्ट सबै तयार भैसक्यो, अब केहि दिनभित्रै टेण्डर आव्हान गरिन्छ ।’  बोर्डले ढिलोमा बैशाख १ गते भित्र क्लियरिङ बैंकको सख्या कम्तिमा ३ वटा पुर्याउन निर्देशन दिएको थियो । तर नेप्सेले चैत मसान्तमा बोर्डलाई पत्र लेखेर प्राबिधिक कारण देखाउँदै तत्कालै नयाँ क्लियरिङ बैंक थप्न नसक्ने बताएको थियो ।

बोर्डले आफ्नो निर्देशनको अवज्ञा गरे कारवाही गर्ने चेतावनी दिएपछि क्लियरिङ बैंक थप्ने प्रक्रिया अघि बढाउन नेप्से र सिडिएस बाध्य भएका थिए । हाल ग्लोबल आइएमई बैंकले मात्रै क्लियरिङ बैंकको काम गरिरहेको छ । सेयर बजारको आकार र कारोबार निकै ठुलो भैसकेकाले राफसाफ प्रक्रिया चुस्तदुरुस्त बनाउन भन्दै बोर्डले क्लियरिङ बैंक थप्नुपर्ने आवश्यकता औल्याएको बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.