ओम डेभलपमेन्ट बैंकको नाफा ६१ प्रतिशतले बढ्यो, तीन महिनामा ३ करोड २१ लाख खुँद नाफा

  २०७३ कार्तिक २८ गते १०:२९     विकासन्युज

काठमाडौं २८, कात्तिक । ओम डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा गत वर्षको सोही अवधिको तुलनामा ६१ प्रतिशतले नाफा बढाएको छ ।

यो बैंकले चालू आवको पहिलो तीन महिनामा ३ करोड ३२ लाख रुपैयाँ खुँद नाफा गरेको छ । यस्तो नाफा अघिल्लो वर्षको सोही अवधिमा २ करोड रुपैयाँ मात्रै नाफा गरेको उल्लेख छ । om_dev_bank

बैंकको जगेडा कोषमा ६० करोड रुपैयाँ रहेको छ । बैंकले गत असोज मसान्तसम्ममा कुल १२ अर्ब १२ करोड रुपैयाँ निक्षेप संकलन गरेर १० अर्ब ७८ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

यो बैंकको निक्षेप अघिल्लो वर्षको सोही अवधिमा ५ अर्ब १९ करोड रुपैयाँ मात्रै रहेको थियो । अघिल्लो वर्ष यो बैंकको कर्जापनि ४ अर्ब ३६ करोड रुपैयाँ मात्रै थियो । यो सस्था सिटी डेपलपमेन्ट बैंक र ओम फाइनान्स एक आपसमा गाभिएर ओम डेपलपमेन्ट बैंक बनेको हो ।

बैंकको खराब कर्जा १ दशमलव ९६ प्रतिशत रहेको छ । यस्तो कर्जा अघिल्लो वर्षको असोज मसान्तमा १ दशमलवल ११ प्रतिशत मात्रै रहेको थियो । बैंकको निक्षेप र कर्जाको अनुपात (सीडी रेसियो) ७७ दशमलव ०८ प्रतिशत रहेको छ ।

अघिल्लो वर्ष यो सीडि रेसियो ७४ दशमलव ८६ प्रतिशत रहेको थियो । बैैंकको प्रति सेयर आम्दानी १२ रुपैयाँ रहेको छ । यो बैंकको प्रति सेयर बजारमा ६ सय २९ रुपैयाँमा कारोबार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.