माछापुच्छ्रेको संस्थागत तथा सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रम

  २०७३ असोज १७ गते १४:३०     विकासन्युज

machhapuchhere_bank_anniverकाठमाडौं, १७ असोज । माछापुच्छ्रे बैंक लिमिटेड १७ औ बर्षमा प्रबेश गरेको छ । बैंकले १७ औं बर्षमा प्रवेश गरेको अवसरमा देश भरि रहेका बैंकको विभिन्न शाखाहरुले संस्थागत तथा सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रम आयोजना गरेका छन् ।

बैंकको जनकपुर शाखाले जानकी वृद्धाश्रमलाई खाद्यान्न वितरण गरेको छ । पोखरा शाखाले रातो माटो डाँडा र पोखरामा बाढीपीडित भएर विस्थापित १४ परिवारलाई खाद्यान्न वितरण गरेको छ । त्यस्तै, बैंकको वाग्लुङ्ग शाखाले संस्कृत विद्यालयका विपन्न विद्यार्थीहरुलाई खाद्यान्न तथा शैक्षिक सामाग्री र इलाम शाखाले दृष्टिविहिन विद्यार्थीहरुको खेलकुद प्रतियोगिता आयोजना गरी पुरस्कार वितरण गरेको बैंकले जनाएको छ ।

त्यसैगरि बैंकको हिले शाखाले विपन्न विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण, नक्साल शाखाले बाल मन्दिर र नक्सालका बच्चाहरुलाई खाद्यान्न वितरण गरेको छ । साथै चापागाउँ शाखाले सन्तानेश्वर महादेवको मन्दिरका भक्तजनहरुलाई सफा खानेपानी उपलब्ध गराउने पानी ट्यांकी र पानी प्रशोधन यन्त्र हस्तान्तरण गरेको छ भने पेप्सीकोला शाखाले पेप्सीकोलामा रक्तदान कार्यक्रम गरेका छ ।

यसका साथै, बैकका अरु शाखाहरुबाट पनि महिनैभरी संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रमहरु आयोजन गर्ने बताएको छ । यही अवसरमा, असोज महिना भरि माछापुच्छ्रे बैंकका सम्पूर्ण शाखाहरुमा माछापुच्छ्रे महोत्सव मनाउनुका साथै उक्त महोत्सवमा सहभागी ग्राहकहरुलाई कर्जा लगायत डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिंग, लकर आदि सेवाहरुमा छुट दिईरहेको बताएको छ । साथै, यस समयमा बैंकमा सहभागी हुने ग्राहकहरुलाई विभिन्न डिस्काउन्ट कुपनहरु पनि उपलब्ध गराइने बैंकले जनाएको छ ।

हाल बैकले ५३ कुल शाखा संख्या, १ एक्स्टेन्सन काउण्टर र ७२ वटा एटिएमबाट ४ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.