आन्तरिक राजस्व विभागले उठायो लक्ष्यभन्दा १० अर्ब बढी राजस्व

  २०७३ साउन ७ गते ५:४५     विकासन्युज

काठमाडौं, ७ साउन । गत आर्थिक बर्षमा आन्तरिक राजस्व विभाग र अन्तर्गतका कार्यालयहरुको राजस्वको संकलनको लक्ष्य भन्दा १० अर्ब बढी राजस्व उठाएका छन् । विभाग र अन्तरगत कार्यालयहरुको लागि १ खर्व ९४ अर्व ६७ करोड ६२ लाख ९९ हजार रुपैयाँ लक्ष्य तोकिएकोमा २ खर्व ४ अर्व ४३ करोड ५३ लाख ९२ हजार असुली भएको  छ ।

विभागले दिएको जानकारी अनुसार गत आर्थिक बर्षको लागि आयकर तर्फ १ खर्व ९ अर्व ७ करोड ४७ लाख ४३ हजार, मू.अ.कर तर्फ ४८ अर्व १८ करोड १ लाख ४२ हजार, अन्तःशुल्क तर्फ ३५ अर्ब ९४ करोड ५७ लाख ९२ हजार, शिक्षा सेवा शुल्क तर्फ रु.६४ करोड ६८ लाख ४८ हजार र स्वास्थ्य सेवा शुल्क तर्फ ८२ करोड ८७ लाख ७४ हजार गरी जम्मा १ खर्ब ९४ अर्व ६७ करोड ६२ लाख ९९ हजार रुपैयाँ लक्ष्य तोकिएको थियो ।

तर गत असार मसान्तसम्ममा आयकर तर्फ १ खर्व १७ अर्व १३ करोड ११ लाख ७४ हजार, मू.अ.कर तर्फ ४९ अर्व ८२ करोड ३५ लाख हजार, अन्तःशुल्क तर्फ ३६ अर्व १९ करोड ३१ लाख ४०  हजार, शिक्षा सेवा शुल्क तर्फ ७२ करोड ७ लाख २४ हजार र स्वास्थ्य सेवा शुल्क तर्फ ५६ करोड ६८ लाख १८ हजार समेत गरी २ खर्व ४ अर्व ४३ करोड ५३ लाख ९२ हजार रुपैयाँ असुली भएको  छ ।

२०७२ वैशाखको शुरुमै देशले भोग्नु परेको विनाशकारी भूकम्प, २०७२÷७३ को प्रारम्भदेखि नै तराई स्थित नाकामा भएको आपूर्ति अवरोध, विकास निर्माणमा देखिएको सुस्तता, पूँजीगत खर्चमा भएको कमी, आर्थिक वर्षको आधा समय २०७२ फागुन महिनासम्म तराईमा भएको बजार वन्द आदि कारणहरुले २०७२ फागुन महिनासम्म १० अर्व २२ करोड १० लाख राजस्व घटी असुली भएको अवस्था रहेको थियो ।

उक्त अवधिमा राजस्व लक्ष्यको तुलनामा असुली घटी हुनका कारणहरुको समीक्षा गर्दै ती कारणहरुबाट सृजित समस्या समाधानका लागि राजस्व संकलन ‘व्याक अप प्लान’लाई कार्यान्वयन गर्न राजस्व संकलन रणनीति तयार गरी फागुन महिनासम्मको घटी राजस्व समेत पूरा भई वार्षिक लक्ष्य १ खर्व ९४ अर्व ६७ करोड ६२ लाख ९९ हजार रहेकोमा उक्त लक्ष्यभन्दा ९ अर्व ७५ करोड ९० लाख ९३ हजार वढी राजस्व संकलन गर्न विभाग सक्षम भएको छ ।

उल्लेखित कठिनाइहरुका वावजुद आर्थिक वर्ष २०७२÷०७३ का लागि तोकिएको राजस्व लक्ष्य गत वर्षको असुलीको तुलनामा १२८ प्रतिशतले बढी हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.