Latest News

२०७७ आषाढ़ ११ गते १:२१

काठमाडौं । तिनाउ मिसन डेभलपमेन्ट बैंकको सेयर मूल्य समायोजन भएको छ । संस्थाको १२ प्रतिशत बोनस पछिको सेयरको मूल्य समायोजन भएको हो । समायोजन पश्चात संस्थाको सेयर मूल्य प्रतिकित्ता १ सय ६१ रुपैयाँ तोकिएको छ । यसअघि संस्थाको सेयर मूल्य प्रतिकित्ता एक सय ८० रुपैयाँ रहेको थियो । ...

२०७७ आषाढ़ ८ गते २:४८

काठमाडौं । सोमबार लुम्बिनी जनरल इन्स्योरेन्सको मूल्य समायोजन भएको छ । कम्पनीको ८.१२५ प्रतिशत बोनस पछिको सेयर मूल्य नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा समायोजन भएको हो । मूल्य समायोजन पश्चात कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३ सय ४६ रुपैयाँ तोकिएको छ । काठमाडौंको ज्ञानेश्वरमा केन्द्रिय कार्यालय रहेको इन्स्योरेन्सकोे चुक्ता पुँजी एक अर्ब १४ करोड रुपैयाँ रहेको छ । कम्पनीको कूल एक करोड १४ लाख १८ हजार कित्ता सेयर नेप्सेमा सूचीकृत रहेको छ । ...

२०७७ आषाढ़ ३ गते ६:४२

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाको बोनस सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचीकृत भएको छ । संस्थाको बुधबार मात्रै ५ लाख ७९ हजार ५ सय ३८ कित्ता बोनस सेयर थपिएको हो । ...

२०७७ आषाढ़ १ गते १:३३

काठमाडौं । सोमबार शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको बोनस सेयर पछिको मूल्य समायोजन भएको छ । संस्थाको १५ प्रतिशत बोनस सेयर पछिको मूल्य नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा समायोजन भएको हो । मूल्य समायोजन पछि संस्थाको सेयर मूल्य प्रतिकित्ता २२१.७४ रुपैयाँ तोकिएको छ । ...

२०७७ ज्येष्ठ ३२ गते ७:३१

काठमाडौं । नागरिक लगानी कोषले आफ्नो २५औं वार्षिक साधारण सभा(एजीएम)को मिति तय गरेको छ । कोषले आगामी असार २० गते शनिबार बिहान ११ बजे वार्षिक साधारण सभा गर्ने निर्णय गरेको छ । उक्त निर्णय कोषको सञ्चालक समितिको बैठकले गरेको हो । यससँगै उक्त सभा काठमाडौंको नयाँ बानेश्वरस्थिति कोषको नयाँ भवन परिसरमा बस्ने भएको छ । सो प्रयोजनको लागि आगामी असार १० गते कम्पनीको बुक क्लोज हुने भएको छ । सभामा कोषले २२ प्रतिशत बोनस सेयर र १.१६ प्रतिशत नगद लाभांश प्रस्ताव लैजाँदै छ । साथै, बोनस पश्चात ८२.८४ प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव गरको छ । ...

२०७७ ज्येष्ठ ३२ गते ७:१८

काठमाडौं । नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाको बोनस सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचीकृत भएको छ । संस्थाको आइतबार ७४ हजार ६ सय ६६ कित्ता बोनस सेयर सूचीकृत भएको हो । ...

२०७७ ज्येष्ठ २० गते ६:५३

काठमाडौं । लकडाउनका कारणले बन्द रहेकाे सेयर बजार जेठ महिना भर बन्द हुने भएको छ । सरकारले जारी रहेको लकडाउनको अवधि जेठ ३२ गतेसम्म कायम गर्ने भएपछि नेप्सेले पनि सेयर कारोबार सो अवधिसम्म बन्द गराउने भएको हो । नेपाल धितोपत्र बोर्डले सरकारबाट जारी हुने लकडाउन अवधि भर धितोपत्रको दोश्रो बजारको कारोबारलाई साविक बमोजिम नै स्थगन गर्न निर्देशन दिएकाले नेप्सेले उक्त समयसम्म कारोबार स्थगन गर्ने निर्णय गरेको नेप्सेका उप प्रबन्धक प्रविन पन्दाकले बताएका छन् । View Fullscreen ...

२०७७ ज्येष्ठ १९ गते ७:५१

काठमाडाैं । पुँजी बजार बचाउन शेयर लगानीकर्ता समूहले २५ बुँदे माग राखेका छन् । सरकारले नयाँ बजेटबाट पुँजीबजारलाई राहातको प्याकेज नल्याएको भन्दै उक्त समूहले आमरण अनसन थाल्ने घोषणा गरेको हाे । पहिलेदेखि नै संकटग्रस्त बनेको देशको पुँजी बजार कोरोना संक्रमण र लगातारको लकडाउनबाट उठ्नै नसक्ने अवस्थामा पुगी बजारमा प्रत्यक्ष लगानी गरिरहेका लाखौं सर्बसाधारण लगानीकर्ताहरु प्रभावित बनेको उनीहरू बताउँछन् । यस्ताे अवस्थामा सरकारले पुँजीबजारलाई प्राथमिकता नदिएकाेमा उनीहरूकाे आपत्ति रहेकाे छ । ‘यस्तो अवस्थामा लाखौं सर्बसाधारण सेयर लगानीकर्ताको सम्पति सुरक्षा गरी बजारको सुधार र विस्तारका लागि बाध्यकारी अवस्था सिर्जना गर्न हामी कम्तिमा एक हजार जना सेयर लगानीकर्ताहरु लकडाउन खुलेको दिन देखि नेपाल धितोपत्र बोर्ड, जावलाखेलमा आन्दोलन शुरु गर्ने छाैं ...

२०७७ ज्येष्ठ १६ गते ८:०७

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको प्राथमिक सेयर (आईपीओ) सेयरधनीहरुको हितग्राही(डिम्याट) खातामा जम्मा भएको छ । उक्त सेयर शुक्रबार(जेठ १६ गते) मात्रै लगानीकर्ताहरुको डिम्याट खातामा जम्मा गरिएको कम्पनीको सेयर रजिष्ट्रार तथा बिक्री प्रबन्धक आरबीबी मर्चेण्ट बैंकिङका प्रमुख कार्यकारी अधिकृत(सीईओ) बद्री प्याकुरेलले जानकारी दिए । उनका अनुसार सीडीएस एण्ड क्लियरिङले शुक्रबार सबै सेयरधनीहरुको डिम्याट खातामा आईपीओ जम्मा गरिदिएको हो । गत चैत २६ गते बाँडफाँट भएको उक्त सेयर जेठ १४ गते नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचीकरण भएको छ । यससँगै उक्त सेयर अब दोश्रो बजारमा सेयर कारोबार हुने छ । बिक्री प्रबन्धक आरबीबी मर्चेण्टका सीईओ प्याकुरेलका अनुसार अब बजार खुलेसँगै पुर्नबीमा कम्पनीको सेयर पनि दोश्रो बजारमा किनबेच गर्न पाइने छ । १ अर्ब ६० करोडको आईपीओ बिक्...