बोनस सेयरपछि शाइन रेसुङ्गाको मूल्य समायोजन

  २०७७ आषाढ़ १ गते १:३३       विकासन्युज

काठमाडौं । सोमबार शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको बोनस सेयर पछिको मूल्य समायोजन भएको छ । संस्थाको १५ प्रतिशत बोनस सेयर पछिको मूल्य नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा समायोजन भएको हो ।

मूल्य समायोजन पछि संस्थाको सेयर मूल्य प्रतिकित्ता २२१.७४ रुपैयाँ तोकिएको छ ।