नागरिक लगानी कोषको साधारण सभा असार २० गते, बुक क्लोज कहिले ?

  २०७७ ज्येष्ठ ३२ गते ७:३१       विकासन्युज

काठमाडौं । नागरिक लगानी कोषले आफ्नो २५औं वार्षिक साधारण सभा(एजीएम)को मिति तय गरेको छ । कोषले आगामी असार २० गते शनिबार बिहान ११ बजे वार्षिक साधारण सभा गर्ने निर्णय गरेको छ ।

उक्त निर्णय कोषको सञ्चालक समितिको बैठकले गरेको हो । यससँगै उक्त सभा काठमाडौंको नयाँ बानेश्वरस्थिति कोषको नयाँ भवन परिसरमा बस्ने भएको छ ।

सो प्रयोजनको लागि आगामी असार १० गते कम्पनीको बुक क्लोज हुने भएको छ ।

सभामा कोषले २२ प्रतिशत बोनस सेयर र १.१६ प्रतिशत नगद लाभांश प्रस्ताव लैजाँदै छ । साथै, बोनस पश्चात ८२.८४ प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव गरको छ ।