सेयर कारोबार पाँच करोडले बढ्यो

  २०७६ कार्तिक ४ गते १५:२५     विकासन्युज

काठमाडौं । आइतबारको तुलनामा सोमबारको सेयर कारोबार ५ करोड १० लाख रुपैयाँले बढेको छ । आइतबार कूल ११ करोड ३३ लाख रुपैयाँ बराबरको कारोबार भएको सेयर सोमबार १६ करोड ४३ लाख रुपैयाँ बराबरको किनबेच भएको छ ।

आइतबारको तुलनामा सोमबार कारोबार संख्या पनि बढेको छ । आइतबार १२८ कम्पनीको मात्रै कारोबार भएको बजारमा सोमबार १४५ कम्पनीको सेयर कारोबार भएको छ । जसमध्ये सबैभन्दा बढी प्रभु बैंकको सेयर किनबेच भएको छ । बैंकको एकैदिन एक करोड ८९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

अघिल्लो दिनको तुलनामा कारोबार रकममा केही सुधार आएता पनि नेप्से परिसूचकमा भने सुधार आउन सकेको छैन । सोमबारको नेप्से १.३३ अंकले घटेर ११३२ अंकमा झरेको छ ।