सूर्या लाइफ इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन

  २०७६ असोज १२ गते १४:१८     विकासन्युज

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले निष्काशन गरेको हकप्रद सेयरका लागि आवेदन दिन आज अन्तिम दिन तोकिएको छ । इन्स्योरेन्सले गत भदौ ८ गतेदेखि १०ः७ बराबको हकप्रद सेयर जारी गरेको थियो ।

बिक्री प्रबन्धक एनआईसी एशिया बैंकमार्फत् बिक्री गरिएको उक्त हकप्रद आज बैंकिङ समयसम्म सीआश्वा सेवा रहेका बैंक तथा वित्तीय संस्थाहरुबाट वा मेरो सेयरका प्रयोगकर्ताले इन्टरनेट सुविधा भएका जुनसुकै स्थानबाट आवेदन दिन सक्नेछन् ।

इन्स्योरेन्सले साउन २८ गतेसम्म कायम रहेका सेयरधनीहरुलाई सो मात्रा अर्थात ७० प्रतिशत सेयर जारी गरेको थियो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरको ८८ लाख ७४ हजार कित्ता अर्थात ८८ करोड ७४ लाख रुपैयाँ बराबरको सेयर बिक्रीमा राखेको थियो ।

सो मध्ये आजबेलुकीसम्म बिक्री नभएका सेयर लिलामीमार्फत् बोलकबोलमा बिक्री हुनेछ ।