सिभिल लघुवित्तका सेयरधनीले १० प्रतिशत लाभांश पाउने

  २०७६ असोज ६ गते ११:४२     विकासन्युज


काठमाडौँ । सिभिल लघुवित्त वित्तीय संस्थाले सेयरधनीहरुलाई १० प्रतिशत लाभांश दिने भएको छ ।

आइतबार बसेको सञ्चालक समितिको बैठकले आव २०७५/७६ सम्मको सञ्चित नाफाबाट चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद गरी १० प्रतिशत लाभांश दिन प्रस्ताव गर्ने निर्णय गरेको हो ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृति र संस्थाको आगामी साधारण सभाबाट पारित भएपछि लाभांश वितरण हुने कम्पनी सचिव बिनोद आचार्यले जनाएका छन् ।

संस्थाको हाल कायम चुक्ता पूँजी ११ करोड ४२ लाख १४ हजार रुपैयाँ रहेको छ ।