सिद्धार्थ बैंकको ऋणपत्र नेप्सेमा सूचिकृत

  २०७६ कार्तिक ५ गते १६:२१     विकासन्युज

काठमाडौं । सिद्धार्थ बैंकले जारी गरेको ‘१०.२५ प्रतिशत एसबीएल ऋणपत्र २०८३’ नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)मा सूचिकृत भएको छ ।

नेप्सेमा सूचिकृत भएसँगै बोण्डधनीहरुले ‘१०.२५ प्रतिशत एसबीएल ऋणपत्र २०८३’ को २५ लाख कित्ता ऋणपत्र बजारमा कारोबार गर्न सक्ने छन् ।

बैंकको मंगलबार मात्रै सो मात्राको सेयर सूचिकरण गर्ने सम्झौता भएको थियो । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत(सीईओ) शम्भुनाथ गौतमले र नेप्सेका सीईओ चन्द्रसिंह साउदले हस्ताक्षर गरेका छन् ।