विजय लघुवित्तले २० प्रतिशत लाभांश दिने

  २०७६ कार्तिक २४ गते १२:१६     विकासन्युज

काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले २० प्रतिशत लाभांश दिने भएको छ । संस्थाले गत वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद गरी कूल २० प्रतिशत लाभांश दिन प्रस्ताव गरेको हो ।

उक्त प्रस्ताव संस्थाको कात्तिक २३ गते बसेको सञ्चालक समितिको बैठकले गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइ आगामी हुने वार्षिक साधारणसभाबाट पारित भएपश्चात सेयरधनीले सो मात्राको लाभांश पाउने छन् ।

हाल संस्थाको चुक्ता पुँजी १९ करोड ४८ लाख १० हजार रूपैयाँ रहेको छ । १० प्रतिशत बोनसपश्चात संस्थाको चुक्ता पुँजी २१ करोड ४२ लाख रूपैयाँ नाघ्नेछ ।